दशैंमा शिल्पा छविको श्रीमती भएर भित्रीने

म्यूजिक खबर
प्रकाशित: ८ भाद्र २०७३, बुधबार

chabi-and-shilpaकाठमाण्डौ । अभिनेत्री रेखा थापासँग अलग भएयता निर्माता छविराज ओझा अभिनेत्री शिल्पा पोखरेलसँग नजिकिए । छबि क्याम्पबाट सिने नगरिमा भित्रिएकी शिल्पा यतिबेला छविको घरमै जीवनसंगीनि भएर भित्रीने कुराले चर्चा पाएको छ । केही समय अघिसम्म छवि आफ्नो बुबा समानको मात्र नभएर हजुरबा समानको भएको तर्क गर्दै विवाहको खण्डन गर्थिन शिल्पा । तर यतिबेला यदि ओझाले आँफुसँग विबाहको प्रस्ताव ल्याए सहजै उनीसँग विहे गर्ने बताएकी छिन् ।

यदी छविले विवाह प्रस्ताव गरेमा र परिवारले पनि मञ्जुरी दिएमा आफू छविसँग विवाह गर्न राजी भएको शिल्पाले बताएकी छिन् । दशैँकै दिनको टिकामा बिहे गर्ने बताउँदै आएका निर्माता छविराज ओझा पछिल्लो समय नायिका पोखरेलको प्रेममा परेको चर्चा चलिरहेका बेला नायिका पोखरेलको पछिल्लो अभिव्यक्तिले निर्माता ओझा र नायिका पोखरेलको कुरा बुझ्न अब गाह्रो परेन । दशैंको टिकाको शुभ साइतलाई नै यो जोडीले विवाहको साइत जुराएर वैवाहिक बन्धनमा बाँधिने लख काटिएको छ ।
यदि छवि र शिल्पा बैबाहिक बन्धनमा बाँधिएमा शिल्पा छविको चौथो श्रीमती हुनेछिन् ।

shilpa-pokharel-and-chhabi-raj-ojha

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु