दिनेश डिसीको ‘ट्वाक्क टुक्क रिटन्स’ लोकप्रिय बन्दै (भिडियो हेर्नुहोस)

म्यूजिक खबर
प्रकाशित: २४ माघ २०७३, सोमबार
माघ २४, काठमाडौं। कान्तिपुर टेलिभिजन बाट प्रत्येक शुक्रबार साँझ ७:३० बजे प्रसारण हुदै आएको ‘ट्वाक्क टुक्क रिटन्स’ अहिलेको भाग सम्मआउदा अत्याधिक दर्शक श्रोताहरुको रोजाइमा पर्न सफल भएको छ l आवाजको दुनियाको साथि दिनेश डिसीको होम प्रोडक्सन तथानिर्देशनमा तयार पारिएको चर्चित हास्य धाराबाहिक ट्वाक्क टुक्क रिटन्समा चर्चित समाबेसी कलाकार हरुको जमघट देख्न पाइन्छ ।२० वर्षअघि नै टेलिभिजनमा अत्यधिक रुचाइएको हास्यश्रृंखला ‘ट्वाक्क टुक्क’ नयाँ स्वरूपमा पुन: प्रसारण हुन थालेको हो ।
16195559_10158185084605224_7871853861511677343_n
 ‘ट्वाक्कटुक्क रिटन्स’ शीर्षकमा निर्देशक दिनेश डिसीले यो श्रृंखलालाई कान्तिपुर टेलिभिजनमार्फत दर्शकमाझ पुन: लिएर आएका हुन । नेपालीदर्शकहरु माझ चर्चाको शिखर टेक्दै गरेको उक्त  हास्यश्रृंखला ‘ट्वाक्क टुक्क रिटन्स” अबका आउदा दिनहरुमा अझ परिमार्जित गर्दैदर्शक श्रोताहरुको चाहना तथा मागलाई ध्यान दिदै समसामाहिक कथा बस्तुमा प्रस्तुत गरिने कुरा निर्देशक दिनेश डिसी बताउछन l
14671367_10157649689570224_6756104746040044452_n
अहिलेको पुस्ताका अधिकांश हास्य कलाकारले यही श्रृंखलाबाट अभिनयमा पदार्पण गरेको इतिहास छ । प्रत्येक शुक्रबार साँझ ७:३० बजेप्रसारण हुन थालेको यो श्रृंखलाले कम समयमै दर्शकको मन जितेको छ । श्रृंखलामा निर्देशक दिनेश डिसीसहित हास्य कलाकार महादेवत्रिपाठी, अन्जु थापा, सुरेन्द्र केसी, शिब शंकर रिजाल, गोपाल ढकाल, गिरि राज, सुशीला निरौला, यसुदा गिरि, जनक खड्का आदिकलाकारले अभिनय गरिरहेका छन् ।
भिडियो हेर्नुहोस:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु