दिपकले दीपाश्रीलाई ‘लडेर उठ्न खोज्दा तिम्रै हात पाएँ’ भन्दै बर्थडे विस गरे

म्यूजिक खबर
प्रकाशित: ७ भाद्र २०७३, मंगलवार

deepak_deepa-birthdayआज नेपाली भाद्र ७ गते, नेपाली रजतपटकी नायिका अर्थात् हाँस्यव्यँग्यकी साम्राज्ञी दिपाश्री निरौलाको जन्मदिन परेको छ । ४२ वर्ष अघि वि.सं. २०३२ साल भदौ ७ गते जन्मिएकी करोडौं नेपालीहरुको मन मुटुमा बस्न सफल भएकी उनै दिपाश्री निरौलाले ४२ औं जन्मदिन सम्म आइपुग्दा उनको लोकप्रियता दिन प्रतिदिन बढ्दो छ । उनको जन्मदिनको उपलक्ष्य पारेर देश तथा विदेश देखि आफन्त, इष्टमित्र तथा शुभचिन्तकहरुबाट शुभकामनाको ओइरो लागेको छ । २०४२ सालदेखि रंगमञ्चबाट आफ्नो रंगीन जीवन सुरु गरेकी निरौलाको नाम अगाडि जहिले पनि अर्को नाम थपिने गर्दछ कलाकार ‘दिपकराज गिरी’ को ।

कलाकारीताको संघर्षकालीन दिन देखि परिचय बजबुत बनाउँदासम्म श्रीमान्, श्रीमतीको भूमिकामा चरित्र निर्वाह गरेको दिपकराज गिरी र दिपाश्री निरौलाको जोडीलाई धेरै दर्शकहरुले वास्तविक श्रीमान् श्रीमतीको रुपमा चिन्ने गर्दछन् । वास्तवमै अनस्क्रिन रोमान्समा जमेको यो जोडी केमेष्ट्री पनि अत्यन्तै सुहाउँदो छ । वास्तविक जीवनमा सबैभन्दा सबैभन्दा सम्माननिय र विश्वासिलोे साथी भएको प्रतिकृया दिने गरेका दिपक–दिपाले चलचित्र कर्मलाई एकसाथ अगाडि बढाइरहेका छन् ।

आफ्ना शुभचिन्तकहरुबाट अनगिन्ती शव्दगुच्छा, पुष्पगुच्छाका साथमा मूल्यवान उपहारहरु आइरहेकाबेला सबैभन्दा मिल्ने साथी दिपकले भने सामाजीक संजाल फेसबुकमा यस्तो लेखेका छन् – “संघर्षका दिनमा तिमीबाट साथ पाए लडेर उठन खोज्दा तिम्रै हात पाए दुस्ख हजार देउ हे इश्वर तिमीलाई मेरो माफि छ संसार संग लडन सक्ने यो साथी नै काफि छ”  । सरल स्वभाव र संघर्ष गर्न कहिल्लै नथाक्ने गुणका कारण दिपा यो स्थानसम्म आइपुगेको दिपकको भनाई छ ।

दिपाको जन्मदिनको विस गर्दै दिपक लेख्छन्:

‘संघर्षका दिनमा तिमिबाट साथ पाएँ
लडेर उठन खोज्दा तिम्रै हात पाएँ
दुस्ख हजार देउ हे ईश्वर तिमीलाई मेरो माफी छ
संसार संग लडन सक्ने
यो साथी नै काफी छ ’।

आफ्नो र दीपाको फोटोसहित उनले पोस्ट गरेको यो कविताको पक्तिंले दीपालाई रुहाएको हो । यि कविताका हरफ पढेपछि पुराना दिनको सम्झनामा आफ्नो आँखामा आँसु आएको दीपाले बताएकी छिन् ।

deepak_deepa

हाँस्य अभिनयको सफलता पछि निर्माण र त्यसपछि निर्देशनमा होमिएकी दीपाको निर्देशन रहेको चलचित्र ‘ छक्का पन्जा’ यही भदौ २४ गते देखि सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

वास्तविक उमेर ४२ मा प्रवेश गरेकी सुन्दरी दिपाश्रीलाई हेर्दा भर्खर २४ मा पो छिन् कि जस्तो लाग्छ, उनको यो सुन्दरता र प्रतिभा सदैब कायम रहोस्, सुस्वाथ्य र सिर्जनात्मकता अटल रहोस् म्यूजिक खबर डटकमको तर्फबाट हार्दिक हार्दिक हार्दिक शुभकामना ।

dipa shree niraula

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु