दिपक शर्माको संगीतले चर्चा कमाउदै फिल्म किस्मत २ को पिक्चर हिट

म्यूजिक खबर
प्रकाशित: १६ असार २०७३, बिहीबार

Untitled-1

चलचित्र हिट होला नहोला तर पिक्चर भने हिट हुनेवाला पक्का छ । चलचित्रमा खिचिएको दृश्यहरु हिट हुने क्रममा त्यो भित्रको पिक्चर भने हिट हुँदै अगाडि बढेको छ । छविराज प्रोडक्सनमा बनेको फिल्म ‘किस्मत’ले निकै सफलता कमाए पछि यसैलाई पछ्याउदै चाँडै प्रदर्शन हुन लागेको फिल्म ‘किस्मत २’को अडियो बिमोचन गरिएको छ । चलचित्र किस्मत–२ मा अर्जुन पोखरेल र दिपक शर्माको संगीत रहेको छ । उक्त फिल्ममा संगीतकार शर्माको संगीतमा रहेको पिक्चर हिट यतिबेला हिटको श्रृंखलामा उक्लिँदैछ ।   दिपक शर्माको संगीत, लेखु सहयात्रीको शब्द अनि कृष्ण काफ्ले र सहिमा श्रेष्ठको स्वर रहेको गीतमा कविराज गहतराजले कोरियोग्राफि गरेका छन् ।

सिल्पा पोखरेल र पृथ्वीराज प्रसाईले अभिनय रहेको उक्त गीतमा मदन कास्यपको छायांकन, ऋषि लामिछानेको निर्देशन र छविराज ओझाको निर्माण रहेको छ । यो गीतले छोटो समयमा नै चर्चाको शीखर बटुल्न सफल भएको छ । बधाई छ किस्मत २ का सम्पूर्ण टिमलाई ।

भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु