दिपशिखा र भारतीय मोडल अली खान ‘प्रेमलीला’ को पोष्टर सार्वजनिक !

म्यूजिक खबर
प्रकाशित: ७ मंसिर २०७५, शुक्रबार

नायिका दिपशिखा खड्का र भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको फिल्म ‘प्रेमलीला’ को पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक फिल्मको पोष्टरमा फिल्मका तीन मुख्य पात्र नायिका दिपशिखा खड्का र नायक द्वय अलि खान र मौसम खड्का अटाएका छन् । सार्वजनिक ४ भिन्न भिन्न पोष्टरमा फिल्म की नायिका दिपशिखा खड्काको दुवै नायकसँगको प्रेम भाव देख्न सकिन्छ ।

अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको फिल्मको फर्स्ट लुक र पहिलो गीत ‘जाने क्या हुवा ए’ यसअघि सार्वजनिक भइसकेको छ । फिल्ममा पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । फिल्ममा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राइ, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ ।

‘प्रेमलीला’ मा दीपशिखा अलि र मौसमसँगै सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ । नायिका खड्का कै कथा तथा लेखन रहेको फिल्मलाई नानीमैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन् । सुनिल मानन्धरले वितरण गर्न लागेको फिल्म माघ २५ बाट देशभर रिलिज हुनेछ ।

यो पनि हेर्नुहोस्

http://‘जात्रै जात्रा’ नबन्दै नाफामा जाने पक्का

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु