दिलको हृदयस्पर्शी गीत ‘सागरको गहिराई भन्दा’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १२ श्रावण २०७४, बिहीबार

dil-tamang

साउन १२, जापान । एक दशक देखी अस्ट्रेलिया लाई कर्मभुमी बनाएर बसेका युवा गायक दिल तामाङ नेपाली साङीतिक क्षेत्रमा नौलो नाम होइन । विदेशी भुमीमा रहेर पनि उनले आफुलाई नेपाली गीत संगीतप्रति नै समर्पित गर्दै आएका छन् । गीत लेख्ने, संगीत भर्ने र गाउन निकै सिपालु गायक तामाङले यतिबेला निकै हृद्धयस्पर्शी म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । ‘सागर को गहिराइ भन्दा गहिरो माया थियो’ बोलको गीतमा शब्द , संगीत स्वर समेत दिलको नै रहेको छ । सबै प्रकार को गीत संगीत गाउन रुचाउने उनको ‘म त नेपाली ठिटो’ भन्ने गीतले केही समय अगाडि निकै चर्चा कमाएको थियो ।
प्रमोद भारद्वाज र सरस्वती लामाको अभिनय रहेको उक्त गीतलाई गोपाल रसाइलीले एरेन्ज गरेका हुन् ।

हेर्नुहोस् भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु