देउताको विशेष सो दिल्लीमा

म्यूजिक खबर
प्रकाशित: २३ माघ २०७१, शुक्रबार

काठमाडौं । रामभक्त श्रेष्ठको निर्देशन रहेको चलचित्र देउताको विशेष प्रदर्शनी फागुन १० गते आईतबार (फेब्रुअरी २२) दिल्लीमा हुने भएको छ । चलचित्र देउताको दिल्लीमा केही अंश छायाँकन भएको थियो । देउताले दैविक शक्तिको महत्वबारे उजागर गर्नुका साथै समसामयिक प्रेमकथालाई पनि समेट्ने प्रयास गरेको निर्माणपक्षले बताए । भोजपुरी गायक श्याम मिश्रले पहिलो पटक नायकमा डेब्यु गरेको चलचित्र देउतामा अन्य कलाकारहरुमा पुस्कर राउत, जोशना भट्ट, बालदिप राई, रामचन्द्र अधिकारी, मन्जु श्रेष्ठ, देशभक्त खनाल, पदम गाहा, सुरवीर पण्डित, आदिको मुख्यभूमिका रहको छ । देउता उत्तरगया फिल्मस् प्रालिको व्यानरमा निर्मित छैठौं चलचित्र हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु