देउता सकियो

म्यूजिक खबर
प्रकाशित: १० मंसिर २०७१, बुधबार

काठमाडौं । उत्तरगया फिल्मस् प्रालिको प्रस्तुती चलचित्र देउताको छायाँकन सकिएको छ । निरन्तर चलचित्र निर्माणमा सकृय रामभक्त श्रेष्ठको निर्देशन रहेको देउताले दैविक शक्तिको महत्वबारे उजागर गर्नुका साथै समसामयिक प्रेमकथालाई पनि समेट्ने प्रयास गरेको निर्माणपक्षले बताए । पुस्कर राउत, मोहन के.सी., जोशना भट्ट, बालदिप राई, रामचन्द्र अधिकारी, मन्जु श्रेष्ठ, देशभक्त खनाल, राजेन्द्र वस्नेत, उमेश खड्का, पदम गाहा, सुरवीर पण्डित, आदिको मुख्यभूमिका रहको देउताका प्रस्तुतकर्ता पदम गाहा हुन भने निर्मातामा प्रेम विक, गगन रजाली रहेका छन् । यसमा व्दन्व्द हिमाल केसी, नृत्य दिनेश पाख्रिन र कविराजको रहेकोछ । देउताको हाल प्रदर्शनपूर्वको प्राविधिक कार्य भैरहेको छ ।

deuta photo

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु