देखाइयो भाग् सानी भाग्को फस्ट लुक

म्यूजिक खबर
प्रकाशित: ३० असार २०७२, बुधबार

काठमाडौं । चलचित्र भाग सानी भागको पहिलोपटक आवरण देखाइएको छ । यो फिल्मलाई माघे संक्रान्तीको बिदामा रिलिज गरिने प्रस्तुतकर्ता चेतन सापकोटाले बताए । उनका अनुसार फिल्म राम्रो बनेकाले बिदाको दिनमा रिलिज गर्दा निर्मातालाई पनि फाइदा हुनेछ । रिलिज मिति सार्वजनिक गर्दै यसको फस्टलुक पनि उघारिएको छ ।

bhaga sani bhaga
अभिनेता सविन श्रेष्ठ र अभिनेत्री केकी अधिकारीले आफ्नो फेसबुक पेजबाट फिल्मको फस्टलुक सार्वजनिक गरेका हुन् । नवल नेपालले निर्देशन गरेको यो चलचित्र अभिनेत्री अधिकारीमाथि केन्द्रित रहेर बनाइएको छ । सानी नाम गरेकी एक यूवतीको कथामा चलचित्रलाई प्रस्तुत गरिएको सापकोटाले बताए । फस्टलुकमा सविनले चलाएको साइकल पछाडि केकीलाई राखिएको छ । चलचित्रमा प्रस्तुतकर्ता सापकोटाले संगीत दिएका छन् भने हिमाल केसीको द्वन्द्व रहेको छ । दिव्य सुवेदीको छायाँकन रहेको चलचित्र भाग सानी भागमा कविराज गहतराजको नृत्य रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु