द्रव्यमोहमा फसेको लोकदोहोरी

म्यूजिक खबर
प्रकाशित: १२ श्रावण २०७२, मंगलवार

लोक गायन क्षेत्रमा ख्याती कमाएका पुराना गायक हुन् या नया“ गायक अहिले तिनीहरुको कुनै नाम निशाना नै देखिन छाडेको छ भने केही केही मात्र सांगीतिक बजारमा आक्कल झुक्कल देखिने गरेका छन् । कुनैबेला गीतसंगीतको सबै क्षेत्रलाई आफ्नै कुल देवता ठानेका गायकगायिकाहरु अहिले एकाएक लापत्ता भएपछि सबैले उनीहरुप्रति चासो राख्नु स्वाभाविक नै हो । पुराना पुस्ताका गायक प्रेमराजा महत हुन् या युवा पुस्ताका चर्चित गायकका रुपमा परिचित भएका भगवान भण्डारी हुन् सबै नेपालबाट पलायन भइसकेका छन् । हुन त उनीहरुले नेपालमा बसेर चर्चाको साथमा दाम पनि राम्रै कमाएका थिए तर पनि उनीहरु जस्ता धेरैलाई डलरमोहले सताइछाड्यो । गीत गाए तर नाम र दाम कमाउन नसक्नेहरु भने नेपालमै बेरोजगारी बनेर बसेका छन् भने केही खाडी मुलुकमा कुल्ली काम गर्दैछन् । यिनीहरुको आ– आफ्नै दिनचर्या भए पनि को कहा छन् भन्ने र के गर्दैछन् भन्ने विषयमा सुमन वैरागीले तयार पारेको रिपोर्ट:

prem raja
पानको पात, सिमसिमे पानीमा, हिउँचलुीमा हिउँजस्ता दर्जनांै लोकप्रिय गीतका संकलक, गायक हुन् प्रेमराजा महत । उनी र रेखा शाहको जोडी कोहि बेला यही सांगीतिक मैदानमा चर्चित थियो । तर अहिले यिनीहरुको जोडी छुटेको छ । प्रेमराजा महतले सारङ्गी र मादलको लोकसंगीत चिनाउनका लागि अमेरिका गएको भने पनि उनलाई डलरको मोहले उतै समात्यो । डलरखेतीमा भुल्दाभुल्दै नेपाली संस्कृतिलाई पनि डलरसँग साट्न उनी पछि परेनन् । सारङ्गी र मादलसँगै अमेरिकामा रहेका नेपालीहरुसँग उनी सांगीतिक जीवन बिताउने क्रममा अहिले उनी अमेरिकामा नै बसोबास गर्दै आएका छन् ।

rajendra lamsal
त्यस्तै स्याङ्जा जिल्लाको सेरोफेरोका गीतहरु र आफ्नो जन्मस्थान ज्याग्दीको वरिपरिका परिवेशलाई समेटर गीत गाइरहने र आफूलाई एउटा गाइनेको रुपमा परिचय दिँदै हिंड्ने अर्का गायक थिए राजेन्द्र लम्साल क्षेत्री । उनले पनि गीतसंगीतमै आफ्नो जीवनलाई समर्पित गर्ने क्रममा थुपै्र दोसाँधहरुमा ठक्कर खाए । तर अहिले आफ्नो घरायसी परिवेशलाई सहज बनाउने क्रममा युरोपतिर पलायन भए । वालिङ फिरफिरे, ज्याग्दी खोला शिर, किन काँडा रोप्यौ नी निरमाया जस्ता निकै चर्चित गीतहरुको धनी व्यक्तित्व लम्सालले धेरैलाई युरोपको सपना देखाए । तर धेरै रकममा डुबेपछि पलायनको मोहमा उनको मनमा विचलन आएकै हो । अहिले उनी युरोपका शहरमा नोकरी गर्दै आफ्नो जीवनलाई सहज बनाउँदै आएका छन् ।

maxresdefault
अर्का चर्चित तथा युवा गायकका रुपमा जमेका थिए बुद्धिसागर बस्याल । उनले पनि डाँफे नाचेर छमछम पाउजुले, मुरलीको धुन, लगायत निकै चर्चित गीतहरु गाएका थिए । एकाएक दाम र नाम कमाउँदा कमाउँदै उनी पनि विदेश पलायन भइछाडे । उनी अहिले डलरको खेतीमा क्यानडा तिरै बसोबास गर्दै आएका छन् ।
भगवान् भण्डारी युवापुस्तका चर्चित गायकका रुपमा देखिएका थिए । तर उनको यात्रा पनि डलरतिरै उन्मुख भयो । खैरेनीमा गेट, फुलमा भँमरा, वनमा काँडा छ जस्ता चर्चित गीतहरुबाट उनलाई लोकसंगीतमा स्थापित गरायो । दाम, नाम दुवै कमाएका भण्डारीले जनआन्दोलन २०६२÷६३मा पनि गीतसंगीतबाट सबैलाई जागरुक गराउँदै हिंडे तर गणतन्त्र आएपश्चात उनले पनि पलायन अपनाए । हाल उनी पनि अमेरिकामा नै कार्यरत छन् ।

bimal dagi
त्यसैगरी युवापुस्तका चर्चित गायक हुन् विमल डाँगी । तिमी गयौ अर्कैको डोलीमा, पानसमा बत्ती बालेको जस्ता दर्जनौं हिट गीत दिन सफल गायक डाँगी अहिले अमेरिकामा नै बसोबास गर्दै आएका छन् । अमेरिकाको डलरले तानेको उनलाई तर नेपाली संगीतले भने छाडेको छैन । अमेरिकामा नै रहेर पनि वर्षमा आधा दर्जनभन्दा बढी गीतहरु बजारमा ल्याइरहेका हुन्छन् । त्यसो त उनलाई डलरमोहले नतानेको भन्न मिल्दैन । उनकी धर्मपत्नी गायिका सरिता डाँगीसमेत अहिले अमेरिकामा नै बस्दै आएकी छिन् ।

sirjana birahi
वनको काफल बनकै चरिलाई लगायन दर्जनौं सफल गीत दिन सफल गायिका सिर्जना विरही थापालाई पनि अमेरिकाको डलरले तानिछाड्यो । उनको लोकदोहोरीको क्षेत्रमा गायकी भन्दा नि सफल शब्दरचनाको क्षेत्रमा नाम चर्चित थियो । सफल शब्दसिर्जना र गायनलाई सँगै लिएर हिंडेकी गायिका थापा भने नेपालमा छँदा नै ग्रीनकार्ड पाएपछि अमेरिका लाएकी हुन् । ग्रीनकार्डकै सन्दर्भमा उनी अरु गायक गायिकाभन्दा अलि पृथक बन्न सफल भएकी हुन् भन्दा फरक पर्दैन । तर पनि डलरको मोह सबैमा लागू भएकै हो ।
माथिका यी प्रतिनिधि पात्र मात्र हुन् तर नेपालमा निकै चर्चा पाएका अरु लोकगायक गायिका पनि उतै पलायन भएर बसेका छन् भने कति पलायन हुने क्रममा रहेका छन् । गायक नवीन ढुंगेल, अभय ढुंगेल, सुमन बुढामगर, शान्ति भण्डारीलगायतका लोक गायनमा सफल मानिएका धेरै कलाकारहरुलाई डलरले तानेको छ । यसरी विदेशमा गएर आफ्नो कलागलालाई बिसर्जन गर्नुलाई पलायन भन्ने की मानसिक विचलन ? जे होस् लोक दोहोरी गीतमा लागेर कतिले मुलुकभित्रै राम्रै पहिचान बनाएका छन्, घर गाडीको सपना  यहीँबाट पूरा गरेका छन् भने धेरै गायकगायिका गीत गाउने भनेको ग्रीनकार्डका लागि हो भन्ने मानसिकतामा पनि नभएका होइनन् । एउटा गीत रेकर्ड गर्ने र खाडी मुलुक जानेको संख्या त नगन्य मात्रामा छ । अमेरिकाको सपना देख्न नसकेका गायक गायिका, गीतकारलाई खाडीले पूरा गरिदिएको छ । यसको पछाडि कलाकारिताको क्षेत्र भनेको विदेश जाने भ¥याङ बनेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु