धुर्मस-सुन्तली फाउण्डेशनलाई कोरियाबाट १२ लाख

म्यूजिक खबर
प्रकाशित: ११ चैत्र २०७३, शुक्रबार

चैत्र ११, महोत्तरी । महोत्तरीको बर्दिवासमा निर्माणधिन मुसहर बस्तीका लागि कोरियाबाट झन्डै १२ लाख रूपया सहयोग आएको छ ।दक्षिण कोरियामा रोजगारीका लागि गएका युवाहरूको समूह “स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान“ ले मुसहर बस्ती निर्माणार्थ धुर्मुस सुन्तली फाउन्डेसनलाई ११ लाख ८४ हजार ८ सय त्रिसट्ठी रुपैयाँ सहयोग गरेको हो। मुसहर बस्ती निमार्णका लागि कोरियाबाट भएको यो सवैभन्दा ठूलो आर्थिक रकम समेत हो ।

कुनै पनि राजनीतिक दलमा आवद्ध नभएका युवाहरुको समूहले तीन साता आर्थिक संकलन अभियान चलाएर रकम जुटाएका थिए। अभियानमा कोरियामा रहेका करिब चार सय जना भन्दा बढी सहयोगी दाताहरुले आर्थिक सहयोग गरेको अभियानका संयोजक यम श्रेष्ठले बताए।

durmush-Suntali

संकलित रकम अभियन्ता एल बि श्रेष्ठको संयोजनमा एक दिन श्रमदान गर्दै स्वतन्त्र राष्ट्रप्रेमी सचेत नागरिक एकता अभियानका अभियन्ताहरुको रोहबरमा सहयोग रकम फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेललाई हस्तान्तरण गरेका छन् ।

देश बिदेशमा रहेका सम्पुर्ण नेपालीहरु एक आपसमा भाइचारा, सद्भाव र एकता कायम गरौ, सम्पूर्ण नेपाली स्वतन्त्र जनता पनि सचेत र बिबेकशिल बनौ भन्ने मुल आशय रहेको अभियानका संयोजक सर्व्जित शाहले बताए।

हस्तान्तरण कार्यक्रममा फाउन्डेसनका अध्यक्ष सिताराम कटेल “धुर्मुस“ र कुन्जना धिमिरे “सुन्तली“ले सम्पूर्ण सहयोगी मनहरुमा यति ठूलो सहयोग रकम जुटाएर सहयोग गरेको र महा अभियानमा साथ दिएकोमा धन्यवाद दिए।

विनासकारी भूकम्प पश्चात दुई वटा एकीकृत नमुना बस्ति निर्माण गरि सकेको धुर्मुश सुन्तली फाउन्डेसनले अहिले निर्माण गर्दै गरेको एकीकृत नमुना मुसहर बस्ति निर्माणमा जुटेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु