धेरैपछि … जर्मनीमा सुदीप (भिडियो हेर्नुस्)

म्यूजिक खबर
प्रकाशित: १ कार्तिक २०७१, शनिबार

काठमाडौं, १ कात्तिक । ‘धेरैपछि म आको’ गायक सुदीप शाही ठकुरी दसैंका बेला जर्मनीस्थित हेनोभरमा भेटिए । नेपाली समाज हेनोभरद्वारा आयोजित दसैं कार्यक्रम प्रस्तुत भएका सुदीपले ‘धेरैपछि म आकोे’ भनेपछि उपस्थित नेपाली दर्शकदीर्घा ट्वाल्ल परे । दसैंभन्दा केही दिनअघि मात्र घुम्दै जर्मनी पुगेका उनले आफूसँगै दर्शकलाई नचाउन सफल भएका थिए ।
कार्यक्रममा आफ्नो पछिल्लो गीत ‘धेरैपछि म आको’ लगायतका आफ्ना चर्चित गीत प्रस्तुत गरेको सुदीपले अनलाइनबाट बताए । आफ्नो चौथो एकल एल्बम ‘विश्वास’ श्रोतामाझ ल्याएपछि विदेश भ्रमणमा हिडेका सुदीपले भने, ‘यहाँका दर्शक नेपाली गीतसंगीत भनेपछि हुरुक्कै हुन्छन् ।’ कार्यक्रममा त्यहाँ रहँदै आएका विभिन्न कलाकारले पनि गीतसंगीत प्रस्तुत गरेका थिए ।
नेपाली समाज हेनोभरका आयोजकमध्ये काजी राना र ईश्वर श्रेष्ठ कार्यक्रमको सफलता देखेर दंग भएका थिए । कार्यक्रममा एनआरएनए जर्मनीका पदाधिकारी उपस्थित थिए । कार्यक्रममा नेपाली झल्काउने खाना सेलरोटीलगायत विभिन्न नेपाली खानाका परिकार राखिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु