नबिनबाबुको ब्याचलर ब्रेन सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २ भाद्र २०७३, बिहीबार

पछिल्लो समय म्युजिक भिडियो निर्देशन र छायांकनमा ब्यस्त बनेका फोटो पत्रकार नबिन बाबु गुरुङले छोटो चलचित्र ”ब्याचलर ब्रेन” सार्वजानिक गरेका छन् |

भर्खरै मात्र युट्युबमा सार्वजनिक भएको ब्याचलर ब्रेन निकै उत्कृष्ट बनेको देखिन्छ | एक जेहेन्दार विद्यार्थी जो राजधानीमा पढ्न र भविष्य बनाउन लागी परेको हुन्छ उसको कोहि ठुला मान्छे नहुँदा बेरोजगार हुनु परेको पिडा ब्याचलर ब्रेनमा देखाइएको छ |

nabin babu gurung

कलाकार ध्रुबसागर थापाको अभिनय र कथा रहेको यस छोटो चलचित्रलाइ स्ट्रिटनेपालले आफ्नो युट्युबबाट सार्वजनिक गरेको छ |

कमल एक्चै मगरको सम्पादनमा बनेको “ब्याचलर ब्रेन”मा ध्रुबसागरको अलावा सुरेश सिम्खडा र दिपेश खत्रीको समेत अभिनय रहेको छ |

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु