नमस्ते नेपालको गीत सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २४ असार २०७३, शुक्रबार

असार ३१ देखि प्रदर्शनमा आउने भनिएको चलचित्र ‘नमस्ते नेपाल’को ‘तिमीलाई पाउनु अघि’ बोलको गीत सार्वजनिक भएको छ । बिहिबार सार्वजनिक गरिएको उक्त गीतमा बसन्त सापकोटाको संगीत र डा. कृष्णहरी बराललको शब्द रहेको छ । यसै गरि गीतमा प्रल्हाद तिमल्सिना र मेलिना राइको आवाज रहेको छ । उक्त गीत बुढासुब्बा डिजिटल प्रालीले सार्वजनिक गरेको हो । चलचित्र युनिट अहिले चलचित्रको चर्काे प्रचार प्रसारमा लागिरहेका छन् । सम्पूर्ण छायाँकन युरोपमा गरिएको यो चलचित्र राजु शाहले निर्देशन गरेका हुन् । चलचित्रको प्रचारमा पनि युरोप छायाँकनलाई अगाडी सारिएको छ । चलचित्रको प्रचारका लागी विभिन्न टेलिभिजन देखि सबै ठाउँ अपनाइएको छ । बितरक समेत रहेका निर्माता प्रदिप कुमार उदयले प्रचारको सबै चाजोपाजो मिलाएका हुन् । उनी आफैको चलचित्र भएकोले अन्यको भन्दा यो बढी पर्दामा लाग्दैछ । द्वारिका उदय प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा सविन श्रेष्ठ, श्याम श्रेष्ठ, एना, अनुजा प्रधान, म्युजिका खड्का, बोण्डलगायतको अभिनय रहेको छ । प्रदिप कुमार उदय, मन्दिरा श्रेष्ठ र श्रीजु शाहको लगानी चलचित्रमा छ । चलचित्रको कथा पनि निर्देशक शाहले नै तयार गरेका हुन् । नमस्ते नेपालमा दिव्यराज सुवेदीको छायांकन छ ,बसन्त सापकोटा, ओम सुनार र रियाज सिवाकोटीको संगीत छ र चन्द्र पन्तको द्वन्द्व समावेश छ ।

16070743namaste_nepal

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु