बहुप्रतिक्षित फिल्म ‘नमस्ते नेपाल’को ट्रेलर सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २७ माघ २०७२, बुधबार

द्धवारिका उदय प्रोडक्सनको प्रस्तुती रहेको फिल्म ‘नमस्ते नेपाल’ को ट्रेलर तथा गीत सार्वजनिक गरिएको छ । नेपाली राष्ट्रियता झल्काइएको उक्त ट्रेलरमा प्रेम, द्वन्द्व तथा सस्पेन्सको समिश्रण रहेको ट्रेलर तथा मनमोहक दृश्य समावेश भएको पनि देख्न सकिन्छ । सांगीतिक कोशेली तथा ट्रेलरको सार्वजनिक भए पश्चात फिल्म ‘नमस्ते नेपाल’ दर्शकको बहुप्रतिक्षित फिल्म बन्न पुगेको छ । निर्माणको करिब डेढ बर्षपछि फिल्म रिलिजको अन्तिम तयारी रहेको दाबि गर्दै निर्माण युनिटले ट्रेलर तथा सांगितक सामग्री सार्वजनिक गरेको हो । उक्त ट्रेलरमा मूख्य कलाकारमा सविन श्रेष्ठ, श्याम श्रेष्ठ, एना, अनुजा प्रधान, म्युजिका खड्का, बोण्ड लगायतलाई देख्न सकिन्छ । प्रदिप कुमार उदय, मन्दिरा श्रेष्ठ र श्रीजु शाहको निर्माणमा बनेको ‘नमस्ते नेपाल’ को सम्पुर्ण छायांकन बेल्जियममा गरिएको हो ।  फिल्मलाई राजु शाहले निर्देशक गरेका हुन् । । फिल्मको कथा पनि निर्देशक शाहको नै हो । फिल्मलाई दिव्यराज सुवेदीले छायांकन गरेका हुन् भने बसन्त सापकोटा, ओम सुनार र रियाज सिवाकोटीको संगीत छ । चन्द्र पन्तको द्वन्द्व समावेश ‘नमस्ते नेपाल’मा राजु शाहसँग गोपाल ढकाल ‘छन्दे’ले पटकथा तथा संवादमा सहकार्य गरेका छन् । ‘नमस्ते नेपाल’ को प्रिमीयर तथा अन्य शो विदेशमा गरे पश्चात असार साउन तिर नेपालमा रिलिज हुने निर्माण पक्षले बताएको छ ।

हेर्नुहोस् भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु