नायिका निशाले छतबाट सिठी बजाउने केटालाई भेटेपछि… (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १४ मंसिर २०७१, आईतवार
गोपिकृण्ण चापागाई /मंसिर, काठमाडौं ।
नायिका निशा अधिकारी रक्सीले निकै मातेकी छिन्, केटाले उनलाई सम्हाल्नै नसक्ने अवस्थामा छन् । निशालाई समात्दै हिडेका ति केटालाई नै निशाले भन्छिन् तिमी त्यहि केटा हैन ? मलाई छतबाट सिठी बजाउने ? ।
त्यसपछि के भयो होला भनेर जान्नको लागि भने फिल्म हलसम्म पुग्नै पर्ने हुन्छ किनकी यि सम्बादहरु एउटा फिल्ममा गरीएको अभिनय हो ।
पौष २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘आभाष’को टे्रलर सार्वजनिक गरिएको छ । चलचित्र आभाषामा सुरेन्द्र पौडेलको निर्देशन रहेको छ भने गोविन्द शाहीले निर्माण गरेका हुन् । यूवाबर्गलाई लक्षित गरी तयारपारिएको चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन छ । चलचित्रमा कलाकार निशा अधिकारी, संयम पुरी, सलोन बस्नेत, आश्मा डीसी लगायतले अभिनय गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु