नायिका निशा अधिकारी र क्रिकेटर शरद भेषवाकरले कसे लगनगाँठो

म्यूजिक खबर
प्रकाशित: १६ असार २०७४, शुक्रबार

काठमाडौं, १६ असार । भारतमा फिल्म र खेल क्षेत्रका चर्चित अनुहारहरुको प्रेम सम्बन्धका समाचार सुन्दै आएका हामीले यतिबेला नेपालमा पहिलो पटक फिल्म र खेल क्षेत्रका दुई हस्तिहरुले लगनगाँठो नै कसेको प्रत्यक्ष हेर्न सुन्न पाएका छौं ।

मोहम्मद अजहरुद्दिन–संगीता विजलानी, रवि शास्त्री–अमृता सिंह, मोहसिन खान क्रिकेटर–रिना रोयको लभ अफेयर निकै चर्चित थियो । सौरभ गांगुली–नगमा पनि प्रेमकै कारण चर्चाको उत्कर्षमा रहे । भारतका वर्तमान कप्तान विराट कोहलीको नायिका अनुष्का शर्मासँगको अफेयरले बलिउड र भारतीय क्रिकेटलाई तानेको छ ।

nisha adhikari -sarad

नेपालमा पनि नायिका निशा अधिकारी र क्रिकेटरको सम्बन्ध जोडिएको छ । लामो समयसम्म प्रेम बन्धनमा रहेका नायिका निशा अधिकारी र क्रिकेटर शरद भेषवाकर आज विवाहबन्धनमा बाँधिएका छन् । काठमाडौं अन्नपूर्ण होटेलको डेला रेष्टुरेन्टमा अहिले निशा र शरदबीचको विवाह कार्यक्रम भइरहेको छ ।

Nisha-Sarad
वैवाहिक समारोहमा गोडा धुनेबाहेकका सबै कार्यक्रम गर्न निशा र शरदले पूरोहितलाई आग्रह गरेपछि त्यसैअनुसार विवाह भइरहेको छ । निशा र शरदले आइतबार नक्सालस्थि एक बैंक्वेटमा प्रीतिभोजको आयोजना गरेका छन् । त्यसका लागि निशा र शरदले आ–आफ्ना क्षेत्र र पेसाका साथीभाइलाई निमन्त्रणा कार्ड बाँडिसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु