निर्देशक निश्चल र अभिनेत्री स्वस्तिमा लगनगाँठो कस्दै

म्यूजिक खबर
प्रकाशित: २८ मंसिर २०७२, सोमबार

युवा पुस्ताका सफल निर्देशक निश्चल बस्नेत वैवाहिक सम्बन्धमा बाँधिने भएका छन् । उनले होस्टल रिर्टन्सबाट नेपाली सिने उद्योगमा आएकी नायिका स्वस्तिमा खड्कासँग इन्केजमेन्ट गरेका छन् । केहि समय अघि उनीहरु रिलेसनमा रहेको र मंसिरमा विवाह गर्ने खबर सार्वजनिक भएको भएपनि निर्देशक बस्नेतले त्यसको खण्डन गर्दै विवाहका बारेमा दुबैको परिपारमा सल्लाह भैरहेको बताएका थिए । केहि म्यूजिक भिडियोमा समेत अभिनय गरेकी खड्कासँग इन्केजमेन्ट पछि उनले आफ्नो फेसबुक पेजमा तस्विर सार्वजनिक गरेका छन् । ईन्जिनियरिङ अध्ययन गर्दै गरेकी खड्का र निर्देशक बस्नेत रिलेसनमा थिए ।

nischal basnet_swastima

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु