निर्मलको चलचित्रमा पशुपति र टीका

म्यूजिक खबर
प्रकाशित: १५ माघ २०७१, बिहीबार

काठमाडौं । हाँस्यकलाकारको क्षेत्रमा गैंडाको परिचय पाएका निर्मल शर्माद्वारा निर्देशन हुन लागेको चलचित्र ब्रासलेटमा लोकदोहोरी क्षेत्रका दुई हस्ती पशुपति शर्मा र टीका पुन पनि भित्रिएका छन् । लोकदोहोरीको क्षेत्रमा चर्चाको शिखरमा रहेका यीत दुई गायक गायिकाले चलचित्र ब्रासलेटमा पनि गीत गाउने मात्र हुन् । दीपक शर्माको संगीतमा उनीहरुले चलचित्र ब्रासलेटको गीत गाएका छन् । लेकैमा जानी लेकाली डाँफे बोलको गीत उनीहरुले गाएका हुन् ।
केशव भट्टराईको निर्माणमा बन्न लागेको चलचित्र ब्रासलेटमा निर्मल शर्माको निर्देशन रहने भएको हो । जया ओझाको कथा रहेको यस चलचित्र सस्पेन्स थ्रीरल हुने भएको निर्देशक शर्माले बताए । चलचित्रमा जीवन लुइँटेल, नम्रता सापकोटा, रजनी केसी मुख्य भूमिका रहने सम्भावना रहेको बताइए पनि चलचित्रमा हालसम्म कलाकार फाइनल नभएको बताइएको छ ।

braslet

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु