निर्मल र पूजनाको चकलेट मंसिरमा

म्यूजिक खबर
प्रकाशित: २६ श्रावण २०७२, मंगलवार

काठमाडौं । चर्चित हाँस्यकलाकार गैंडाको उपाधिबाट चिनिने कलाकार निर्मल शर्माद्वारा निर्देशन गरिएको एवं अभिनेत्री पूजना प्रधानको अभिनय रहेको चलचित्र चलचित्र ‘चकलेट’ मंसिर १८ गतेबाट अल नेपाल रिलिज हुने भएको छ । यस अघि हंकङमा विशेष प्रदर्शन गरिएको यस चलचित्रले हंकङबाट राम्रो प्रतिकृया बटुल्न सफल भएको थियो ।

CHOCOLATE
अभिनेत्री पूजना प्रधान, प्रितीमाया गुरुङ, केशब तामाङ र हङकङमा बसोवास गर्दै आएकी खुसी गुरुङको लगानी रहेको यो चलचित्रमा सडक बालबालिकाको कथालाई मुख्य विषयवस्तु बनाइएको छ । सडक वालवालिकाको विषयमा बनेको चलचित्र ‘चक्लेट’लाई चलचित्रका निर्देशक शर्माले सानो बजेटमा बनेको राम्रो चलचित्र रहेको उल्लेख गरेका छन् । हङकङपछि लण्डन, फ्रान्स, पोर्चुगल लगायतका ११ मुलुकमा पनि चलचित्रको प्रदर्शन गर्ने तयारी निर्देशक शर्माले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु