निलुको निर्देशनमा ‘हाउ फन्नी’

म्यूजिक खबर
प्रकाशित: १४ आश्विन २०७१, मंगलवार

काठमाण्डौ , सामाजिक संदेश सहित कमेडी फिल्म ‘हाउ फन्नी’ बन्ने भएको छ । केहि बर्ष अघि सञ्चारकर्मीको रुपमा यस क्षेत्रमा प्रवेश गरेकी निलु डोमा शेर्पाले यस फिल्म मार्फत निर्देशकको रुपमा डेब्यु गर्ने भएकी छिन । आज राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो । ‘मैले फिल्म बाहेक अरु की सोचन नै सकेको छैन अब यसै क्षेत्रमा केहि गरौ भनेर फिल्म निर्देशनमा हात हालेकी छु आश छ राम्रै हुनेछ’ सञ्चारकर्मी हुदै कलाकारबाट निर्देशकको रुपमा डेब्यु गर्न लागेकी निलुले बताइन ।

निलुले एसियन एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन , इन्डियाबाट स्नातकोत्तर गरेकी छिन भने थुप्रै शर्ट फिल्म समेत निर्देशन गरिसकेकी छिन । फिल्ममा आङ नुर शेर्पा , छिरिङ लामु शेर्पा र निमा टासी शेर्पाको लगानी रहनेछ । पुर्व मिस नेपाल माल्भिका सुब्बाले पनि यस फिल्ममा कार्यकारी निर्माताको रुपमा छिन । लामो समयसम्म ग्लामर क्षेत्रमा सक्रिय माल्भिकाले यस फिल्ममा ‘मित्रता , विश्वास र साहस’ देखाइने बताइन । ‘नेपाली फिल्म हेर्ने जमात फरक भैसकेकाले अब हामीले नेपाली फिल्मको स्तर बढाउनु पर्छ भन्ने सोच अनुरुप नै म र मेरो टिमनै फिल्म निर्माणमा सक्रिय भएका हौ’ माल्भिकाले फिल्म निर्माण गर्नुको कारण बताइन ।

‘नयाँ पुस्ताको खाचो यस क्षेत्रमा छ र यो टिम देख्दा आश गर्ने ठाउ प्रसस्त छन् किनकी सबैले १ दशक भन्दा लामो समय यस क्षेत्रमा बिताईसक्नु भएको छ’ चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले ‘हाउ फन्नी’ युनिटलाई शुभकामना दिदै भने । फिल्ममा दयाहाङ राई , प्रियंका कार्की , निशा अधिकारि , केकी अधिकारि , अनुप बिक्रम शाही लगायत मुख्य भूमिकामा देखिदै छन् । नायिका प्रियंका कार्कीले आफु यस टिममा सहभागी हुन् पाउदा निकै खुसि लागेको बताइन । ‘हामी जहिले पनि नारि अगाडी बढ्नु पर्छ भन्छौ , यसमा संजोगले त्यो अवसर जुट्यो र कथावस्तु पनि महिला पात्रकै वरिपरी घुम्छ’ प्रियंकाले फिल्मको बारेमा बताइन ।

साथै सधै फरक भूमिकामा देखिन रुचाउने अभिनेता दयाहाङ राईले पनि आफ्नो भूमिका निकै रमाइलो रहेको बताए । ‘मेरो हिट फिल्ममा प्राय डेब्यु डिरेक्टर नै हुनुहुन्छ र यसमा मेरो भूमिका पनि दर्शकको सम्झनामा रहिरहने किसिमको छ , त्यसैले म यसबाट निकै आशाबादी छु’ अभिनेता राइले यस फिल्मले आफ्नो करियरलाई थप उचाई प्रदान गर्ने बताए । साथै गत जेस्ठमा प्रदर्शनमा आएको फिल्म ‘हँसिया’ बाट निकै चर्चा बटुलेका नायक अनुप बिक्रम शाहीले यस फिल्मको आफ्नो पात्रलाई पनि दर्शकले नबिर्सिने बताए । ‘जसरि हँसियामा दर्शकले मलाइ सम्झिनु भयो यसमा पनि बिर्सन सक्नु हुन् साथै यो टिमसंग काम गर्न पाउदा म आफुलाई निकै नै भाग्यमानी ठान्छु’ नायक शाहीले यसमा आफु फरक भूमिकामा प्रस्तुत हुन् लागेको बताए ।

how funny press meet 6

यसै गरि नायिका केकी अधिकारिले पनि यसबाट निकै आशाबादी छिन । ‘जसरि हामीले शुटिङ जानु अघि प्रि-वर्क गरेका छौ त्यसले हामी सबैमा धेरै उत्साह थपेको छ’ केकिले फिल्म राम्रो बन्नेमा आशाबादी रहेको बताइन । फिल्ममा कथा /परिकल्पना स्वयम् निर्देशक शेर्पाकै रहेको छ भने लेखन शान बस्न्यातको रहेको छ । यसमा संगीत शैलेश सिंह , सुरेश अधिकारी र शैलेन्द्र श्रेष्ठको रहनेछ भने यसलाई हरि हुमागाईले खिच्ने छन् । फिल्मको घोषणासंगै फिल्मको टाइटल गीत पनि सार्वजनिक गरिएको छ । सार्वजनिक अडियो गीतमा शब्द , संगीत र स्वर समबृधि राईको रहेको छ जसलाई उपस्थित पत्रकारले रुचाएका छन् । फिल्मले मङ्सिर ३ बाट फ्लोर ज्वाइन गर्दैछ भने बर्ष २०१५ मा प्रदर्शन हुने लक्ष्य राखिएको निर्माण पक्षले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु