निशाको फिल्ममा बेनिशा हिरोइन !

म्यूजिक खबर
प्रकाशित: ८ पुष २०७३, शुक्रबार

nisha-adhikari-benisha-hamal

काठमाण्डौ । यतिबेला फिल्म निशा अधिकारी आफुले निर्माण गर्ने फिल्मको तयारीमा जुटेकी छिन । गत बर्ष उनले म्युजिक भिडियो निर्देशन गरेपछि उनि फिल्म निर्देशनमा आउने हल्ला पनि थियो फिल्मीबजारमा ।

तर उनि सबैको अनुमान विपरित निर्मात्री बन्दैछिन । उनले निर्माण गर्ने फिल्ममा सिमोश सुनुवार निर्देशक रहनेछन भने लगानी उनको पनि रहनेछ ।

फिल्ममा निशाले अभिनय भने नगर्ने भएकी छिन । उनको फिल्ममा उनले बेनिशा हमाललाई अभिनय गराउदैछिन । आफैले निर्माण गर्ने फिल्म भएता पनि आफुलाई रोल नसुहाउने भएकोले गर्दा निशा अभिनयबाट पछी हटेको बुझिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु