नृत्यमा रमाउँदै महेन्द्र

म्यूजिक खबर
प्रकाशित: २५ चैत्र २०७२, बिहीबार

सधै एक दुई तिन भन्दै नाच्न सिकाउनुपर्दाको अनुभव कस्तो होला ? प्रश्न राख्दा वित्तिकै त्यस्को जवाफ अनेकथरी आउँन सक्छ । लामो समय देखि अर्थात ११ वर्ष देखि निरन्तर नाच्न सिकाउँदै छन् अध्ययनका लागि राजधानी छिरेका र अहिले नृत्य निर्देशकको पेशा बनाएका पाँचथरका महेन्द्रकिरण निरौला । उनको हरेक बिहान एक दुई तिनसँगै सुरु हुन्छ र साँझ एक दुई तिनसँगै बित्ने गर्दछ ।

कलिलै उमेर देखिनै नाच्न भने पछि हुरुक्कै हुने महेन्द्र यसैलाई आफ्नो पेशा ब्यवसाय बनाउछु भनेर सोचेका त थिएनन तर नृत्यलाई बुझदै गए पछि सिक्ने क्रममा उनी यही पेशा ब्यवसाय तिर होमिए । साधना कला केन्द्रमा वेद गुरुङसँग पहिलो पटक आधिकारिकरुपमा यसको प्रशिक्षण लिएका उनले त्यहाँ २ वर्ष जति आफूलाई माझ्ने काम गरे र यो पेशातर्फ होमिए । त्यहाँ बाट नृत्यका लागी उनले आधारभुत ज्ञान लिए । त्यती बेला सिकेको अहिले आएर ब्यवसायिक कामको लागी काम लागेको छ उनलाई । ‘मेरो अफिस, जागिर, ब्यवसाय, खेती जे भने पनि नृत्य हो’ निरौलाले भने ‘यसबाट नै मेरो परिवारको खाँचो टरेको छ ।’ यसैमा नै आफूलाई पूर्ण सम्पर्ण गरेका छन् उनले ।

mahendra
लोक, आधुनीक, फिल्मी, पप, भजन, हिन्दी, भोजपुरी, मैथलीलगायतका सबै गीतहरुमा नृत्य गरको छन् र अहिले प्रशिक्षकको रुपमा सकिइरहेका पनि । उनले साहयक नृत्य निर्देशक भएर चलचित्र तोड, सलाम छ मायालाई, कामचोर, मृगतृष्ण, देशलगायतका एक दर्जन भन्दा बढीमा कोरियोग्राफ गरेका छन् ।
राजधानीका १२ बटा स्कुलहरुमा नृत्य सिकाइरहेका उनले आफ्नै राजधानी कला केन्द्र पनि खोलको छन् । जहाँबाट विगत दुई वर्ष देखि धेरैलाई नृत्यमा पोख्त बनाउनेमा महेन्द्र लागि परेका छन् । ‘मलाई नृत्यमा ब्यवसायीकरुपमा अगाडि बढनका लागि विश्वबन्धु, दिनेश अधिकारी हुनुहन्छ ।’ उनले बिगत सझिए ।
‘नृत्य पेसामा लाग्ने कमै हुनुहुन्छ नेपालमा, यसमा लाग्नेलाई हौसला र प्ररणा नै छैन’ उनको भनाई हो यो । त्यसमाथी पनी हेप्ने बाताबरण छ । तर उनलाई पारिवारिक सर्पोट भने रहेको रहेछ । पारिवारिक माहोल यो फिल्ड नभए पनि उनको कामलाई थाप मार्ने काम परिवारबाट हुँदै आएको छ । आर्थीक रुपमा आफ्नो पेसा प्रती गुनासो नभए पनि ब्यवहारीक रुपमा गुनासो छ उनको । यो क्षेत्रमा लाग्नेलाई थप हौसला र सर्पोट नभएको उनी गुनासो गर्दछन् ।

आफ्नो सिकाइका पाहिलाहरुलाई देश बाहिर बढाएका छन् उनले । सकेसम्म त्यस्ता कार्यक्रमहरुमा आफ्नो उपस्थिति जनाउन लागि पर्ने महेन्द्र विगत केही वर्ष देखि भारतको स्वतन्त्रता दिवसमा त्यहाँ पुगेर नृत्य निर्देशन गर्दै आएका छन् । यसका लागि उनलाई बरिष्ठ चलचित्रकर्मी तुलसी घिमिरेले साथ सहयोग दिदै आएका छन् । ‘उहाँसँग मैले अरु थ्रपै काम पनि गरेको छ’ु, उनी सम्झन्छन् ।

आफूले जानेको सिकेको धेरै कुराहरु यही गर्न मन छ तर यहाँ त्यसलाई पूर्ण रुपमा प्रयोग भन्दा पनि कम्प्रोमाइज गर्नु पर्ने भएकोले आफूले गर्न नपाएको बताउँछन् । ‘क्वालीटि भन्दा पनि कम्प्रोमाइजमा बाधिनु पर्ने हाम्रो बाध्यता रहेको छ ।’ भन्ने निरौलाले हामीकहाँ हुने नाताबाद, कृपाबादले कहिलेकाहीँ मन खिन्न हुने गुनासो ब्यक्त गर्दछन् । नेपाली चलचित्रका सुमन सिंह, सुमिना घिमिरे, युना उप्रेतीलगायत थुप्रै नायक नायिकाहरुलाई नृत्य सिकाएको बताउने उनी यो क्षेत्रमा आउन चाहनेहरुलाई सिकेर मात्र आउन आग्रह गर्दछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु