नृत्य निर्देशक रायमाझीको निधन

म्यूजिक खबर
प्रकाशित: २० माघ २०७२, बुधबार

चर्चित नृत्य निर्देशक बसन्तजंग रायमाझीकोे उपचारको क्रममा निधन भएको छ । ८१ बर्षिय रायमाझीको उपचारको क्रममा नर्भिक अस्पताल थापाथलीमा बुधबार बिहान उनको निधन भएको हो । एक्कासी बेहोस भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

रायमाझीको शवलाई अहिले श्रद्धाञ्जलीको लागी प्रज्ञा प्रतिष्ठान कमलादीमा राखिएको थियो भने साँझ नै आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । उनलाई नेपाल सरकारका प्रवक्ता एवं संचारमन्त्री शेरधन राई लगायत चलचित्र उद्योगका व्यक्तित्वहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए । बलिउडमा करिब सय बढी फिल्ममा नृत्य गरेका बसन्त जंग रायमाझी देशको मायाले नेपाल फर्किएका थिए । उनले अभिनेता अमिताभ बच्चनसँग पनि फिल्ममा सँगै नृत्य गरेका थिए ।  यस्तै, चर्चित गीत ‘मोनिका’मा उनले बलिउड नायिका हेलेनसँग नृत्य गरेका थिए ।

basanta jung rayamajhi
रायमाझीले डेढ सय भन्दा बढी नेपाली चलचित्रमा कोरियोग्राफी र नृत्य गरेका छन् । ‘माया प्रिती, आर्शिवाद, के घर के डेरा, बासुदेव, यूगदेखि यूगसम्म, कस्तुरी, पहिलो प्रेम’ लगायतका चलचित्रमा उनले नृत्य निर्देशनको काम गरेका थिए । उनका २ छोरा र १ छोरी छन् । म्यूजिकखबर डटकम रायमाझीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु