नेपाली कथानक चलचित्र ”काँचुली” श्रावण २४ गते नेपालभरी प्रद्र्धशन हुदैँ ।

म्यूजिक खबर
प्रकाशित: ६ असार २०७६, शुक्रबार

काठमान्डौँ ।

बिजि बर्माको ब्यानरमा निमार्ण भएको नेपाली कथानक चलचित्र ”काँचुली” श्रावण २४ गते नेपालभरी प्रद्र्धशन गरिने चलचित्रका लेखक तथा निर्देशक शंकर अधिकारी घायलले बताए ।

कला राई को प्रस्तुती रहेको चलचित्रमा समाजको बास्तविक घटनाक्रमलाई चित्रण गरिएको छ । समय क्रम सगैँ मानिसका विचार र भावनामा आएको मनोभावहरुलाई चलचित्रमा समावेश गरिएको छ ।

चलचित्रमा राजु लामा,राजेन्द्र बजगाइ र शंकर अधिकारी घायलको संगीत ,नित्याशिवा,सपना श्री,राजेन्द्र बजगाईँ र शम्भु रैका को आवाज रहेको छ ।
नायिका शुभेच्छा थापा,दिप कुलुङ,भुमा सापकोटा ,रबिन श्री ,अश्मि थापा,राजन श्रेष्ठ ,शर्मिला शर्मा,सुबास गजुरेल,राजन महर्जन ,रिजन बिसुन्के,गोबिन्द लामा,अन्जना ज्योती,आर जे भिलेन,मिलन तामाङ ,टेक राज शर्मा,बिपिन जे सि,रुपक भण्डारी ,अन्जना तामाङ नेगि,र राम शरण खत्री लगायतको अभिनय चलचित्रमा रहेको छ ।

सुशील डाँगी को छायांकन ,देव महर्जन को द्वन्द,राजन महर्जन र दिलिप राई को नृत्य चलचित्रमा रहेको छ । श्रावण २४ गते नेपालभरी का हलहरुमा प्रद्र्धशन गर्नका लागी तिरुपति फिल्मसले वितरणको जिम्मा लिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु