नेपाली गीत संगीतका अनुरागीहरुका लागि संदेश राईको “प्रतिबद्धता” (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १५ माघ २०७४, सोमबार

राजु बोहरा


माघ १५, काठमाडौं । उदयपुरको सुन्दरपुरमा जन्मिएका गायक सदेश राइको प्रस्तुति “प्रतिबबद्धता” भर्खरै बजारमा आएको छ । उनले “साथि” नामक गीति एल्बम बाट आफ्नो सांगीतिक यात्राको शुभारम्भ गरेका थिए । यस लगत्तै बजारमा आएको यो एम्बम बाट झनै उनि उत्साहित भएर यस क्षेत्र प्रति समर्पित रहँदै अगाडी बढ्ने एल्बम को नाम जस्तै प्रतिबद्धता ब्यक्त गरेका छन् । संदेश राइको पछिल्लो समयमा बजारमा आएको एल्बम भित्र जम्मा पाँच वटा गीतहरु समाबेस गरिएका छन् ।

१. जिबंभारी , २ . तिमि संग ३. बगैंचामा ४. परदेशी जिबन र ५. ए काली बोलको गीत रहेका छन् । संदेश राइको एकल स्वर लहरिले सजिएको “प्रतिबद्धता” एल्बम भित्र उदिम राई, रमेश श्रेष्ठ र संदेश राईको पनि संगीत रहेको छ । चन्द्र कुमार राई हतुवाली , संदेश राईको शब्द लहरिले बुनिएको एल्बम भित्रको गीतहरु मध्य एक गीतको म्युजिक भिडियो पनि सार्बजनिक भैसकेको छ ।

सार्बजनिक भएको जिबनभरी बोलको गीतको म्युजिक भिडियोमा गायक स्वयम् संदेशले गरेका हुन् भने साथमा उनलाई सपना घिमिरेले साथ दिएकी छिन् । भिडियोलाई निर्देशन रबिन बोगटीले गरेका हुन् भने छायांकन ज्ञानु राई र सम्पादन अमृत सागरले गरेका छन् । हामी गायक तथा प्रतिभावान कलाकार संदेश राइको उज्वल सांगीतिक यात्राको शुभकामान ब्यक्त गर्दछौ ।

भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु