नेपाली मोडल ‘शितल’ बङ्गाली म्यूजिक भिडियोमा एम.ए रहमानसँग रोमान्स गर्दै

म्यूजिक खबर
प्रकाशित: ६ चैत्र २०७३, आईतवार

चैत्र ६, काठमाडौं । नेपाली मोडल तथा कलाकार शीतल आचार्य एक पछी अर्को गर्दै बङ्लादेशी म्युजिक भिडियो अभिनय गरीरहेकी छिन् । अभिनयमा पोख्त शीतल यस अघि पनि अन्तरराष्ट्रिय म्युजिक भिडियोमा अभिनय गरी सकेकी छिन् । म्युजिक कम्पोजर तथा एरेन्जर समेत भएका एम. ए. रहमानको स्वर रहेको गीतमा सीतलको साथमा स्वम् गायक रहमानले अभिनय गरेका छन् ।

Sheetal-Acharya
सिमाना नाम दिएको गीत को रचना मेहेदी हसन लिमोनको छ भने एस म्युजिक भिडियो शेउल बाबुले छायांकन गर्नु भएको म्युजिक भिडियोको निर्देशन आर सि कोइरालाले गरेका छन् ।

आर एस फिल्मस् नेपालले सम्पूर्ण जिम्मा लिएको यस म्युजिक भिडियोको ९० प्रतिसत नेपालको बिभिन्न स्थानहरुमा र बाँकी १० प्रतिसत बङ्लादेशमा छायांकन गरिएको छ । शीतल आचार्यले धेरै नेपाली म्युजिक भिडियो तथा चलचित्रमा काम गरी सकेकी छिन् । भिडियो छिट्टै दर्शक माझ आउने निर्माण पक्षले जानकारी दिएको छ ।

Sheetal- MA RAHAMAN

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु