परदेशीबाट आशावादी प्रशान्त

म्यूजिक खबर
प्रकाशित: १८ आश्विन २०७२, सोमबार

नायक तथा गायक प्रशान्त तामाङ आफ्नो नयाँ चलचित्र ‘परदेशी’बाट आशावादी भएको बताएका छन् । कार्तिक ३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र परदेशीको प्रमोशनका लागि नेपाल आएका प्रशान्तले सोमबार राजधानीमा आयोजित परदेशीको पत्रकार अडियो विमोचन कार्यक्रममा आफू यस चलचित्रबाट पूर्ण आशावादी भएको बताएका हुन् । दिल्लीमा आफ्नै परिवारसँग समय बिताइरहेका प्रशान्त सोमबार आयोजित पत्रकार सम्मेलनमा उपस्थित थिए । उनले चलचित्रबाट आफू उत्साहित र आशावादी रहेको प्रतिक्रिया दिए । कार्यक्रममा गायक प्रशान्तले गीत गाएर पनि सुनाएका थिए ।
कार्यक्रममा हाँस्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले चलचित्रको गीतको विमोचन गरेका थिए । विमोचनपछि बोल्दै हास्यकलाकार हरिबंश आचार्यले दार्जिलिङले प्रशान्त तामाङलाई नेपाल पठाएर शान्त बनाए पनि भारतबाट नाकाबन्दीको अशान्त पठाएर नेपालीको मन दुखाएको टिप्पणी गरेका थिए । आचार्यले मञ्चबाट यो अभिव्यक्ति दिइरहँदा मञ्चमा बसेका मनदनकृष्ण श्रेष्ठसँगै गायक प्रशान्त तामाङ गम्भिर भए, बाँकी सबै दर्शकले ताली बजाए । बैशाख १२ गते जमिनमुनीको इण्डियन प्लेटले नेपाल हल्लायो, अहिले जमिन माथिको नाकाबन्दी प्लेटले नेपालीको भावना हल्लायो बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले हास्य शैलीमा भारतप्रति मन दुखाएको अभिव्यक्ती दिँदा हरिबंशसँगै प्रशान्त फेरि गम्भिर मुद्रामा देखिएका थिए ।

pardeshi audio maha jodi
संगीतकार एवं निर्देशक नारायण रायमाझीको निर्देशनमा तयार भएको चलचित्र ‘परदेशी’ राजेश वंशल र निर्देशक रायमाझीले निर्माण गरेका हुन् । यतिबेला चलचित्र परदेशीको ‘गयौ आमा’ बोलको गीत चर्चामा छ । ६ वटा गीत समावेश गरिएको यस चलचित्रमा बीबी अनुरागीको संगीत रहेको छ । कार्यक्रममा ४ वटा गीतको भिडियो प्रदर्शनसमेत गरिएको थियो । परदेशमा गएर नेपालीले पाएको दुखको कथालाई यो चलचित्रले मार्मिक रुपमा उठान गरेको छ । यसअघि वंशल र रायमाझीले मिल्ऽेर बनाएको चलचित्र ‘गोर्खापल्टन’ बम्पर व्यापार गरेको थियो । चलचित्रमा रजनी केसी, नरेन खड्का, केशव भट्टराई, तारा शर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रको चर्चा चलेसँगै निर्माता राजेश वंशलले उत्कृष्ट चलचित्र बनाएकाले दर्शकले मन पराउने विश्वास व्यक्त गरे । चलचित्रमा रमेश बिजी, सुमन श्रापित, बीबी अनुरागी, लालगोपाल सुवेदी लगायतको गीत रचना रहेको छ भने प्रशान्त तामाङ, उदितनारायण झा, मिलन अमात्य, दीपा झा लगायतको स्वर रहेको छ ।

pardeshi group

तस्विरः दिपेशराज थारु/डिसीनेपाल डटकम

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु