परदेशीमा विदेश जाने महिलाको कथा

म्यूजिक खबर
प्रकाशित: २ भाद्र २०७२, बुधबार

काठमाडौं । विदेश जाने महिलाको कथामा तयार पारिएको चलचित्र परदेशीको परदेशीको ट्रेलर, गीत र फष्टलुक पोष्टर सार्वजनिक गरिएको छ । नेपालबाट विदेशी भूमिमा कमाउनका लागी जाने महिलाहरुको कथामा निर्माण भएको चलचित्र परदेशीलाई नारायण रायमाझीले निर्देशन गरेका हुन् । चलचित्र परदेशी यसै बर्षको विजया दशमीमा प्रदर्शन हुन लागेको हो ।

pardesh-1
निर्देशक रायमाझीको लगानीसमेत रहेको यो चलचित्रमा लगानीका हिसाबले राजेश बंशलले पनि साथ दिएका छन् । वुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नारायण रायमाझीले चलचित्र परदेशी हरेक नेपालीहरुको कथा रहेको बताए । उनले भने, ‘चलचित्र परदेशीलाई हामीले नेपालीहरुको चलचित्र बनाएका छौं, नेपाली दाजुभाई, दिदी बहिनीहरुको व्यथा विसाएका छौं । यसअघि मैले नै निर्देशन गरेको चलचित्र गोर्खा पल्टनजस्तै चलचित्र परदेशीलाई पनि विश्वास दिलाएर माया गर्नुहुनेछ ।

pardeshi_narayan raymajhi
सोहि कार्यक्रममा बोल्दै चलचित्रकी नायिका रजनी केसीले चलचित्र परदेशीलाई आम दर्शकहरुले मन पराउने दाबी गरिन् । चलचित्र परदेशीमा प्रशान्त तामाङ, नरेन खड्का, रजनी केसी लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्रको गीत र ट्रेलर हेरेपछि कार्यक्रममा उपस्थित चलचित्रकर्मी र पत्रकारले तारिफ गरेका थिए ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, संविधानविद् डा.भिमार्जुन आचार्य, निर्देशक समाजका अध्यक्ष दिनेश डिसी, पत्रकार सघका अध्यक्ष शान्तिप्रिय, प्राविधिक संघका अध्यक्ष मनोज केसी लगायतका व्यक्तिहरुले चलचित्र परदेशीलाई सफलताको आग्रिम शुभकामना दिएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु