‘पर्ख पर्ख पछि’ मंगलमको ‘बम्पर उपहार’ सार्वजनिक ! (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १ माघ २०७४, सोमबार

माघ १, काठमाडौं । प्रतिक्षित नेपाली फिल्म ‘मंगलम’को ‘बम्पर उपहार’ बोलको गीत सार्वजनिक भएको छ। सोमबार अर्थात आज नै युट्युबमार्फत फिल्मको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा प्रमोद खरेलको स्वर, दीपक शर्माको संगीत र लेखु सहयात्रीको शब्द रहेको छ।

कविराज गहतराजको नृत्य निर्देशनमा तयार यस गीतको भिडियोमा फिल्मका मुख्य कलाकार पृथ्वी प्रसाईं र शिल्पा पोखरेल फिचरिङ छन्। निर्माण युनिटले यसअघि एउटा गीत सार्वजनिक गरेको थियो। उक्त सार्वजनिक ‘पर्ख पर्ख मायालु’ बोलको गीतले धेरै दर्शक श्रोताको मन जितिसकेको छ। ‘छविराज प्रोडक्सन’कोव्यानरमा निर्माण भएको यस फिल्मलाई नवल नेपालले निर्देशन गरेका छन्।

 

शिल्पा पोखेलको प्रस्तुति रहेको यस फिल्ममा शिल्पा र पृथ्वीसँगै पुष्पल खड्का, निर शाह, मिथिला शर्माको पनि मुख्य भूमिका रहेको छ। नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह फिल्ममा अतिथि भूमिकामा देखिँदै छन्। छविराज ओझा कार्यकारी निर्माता रहेको फिल्ममा दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङको लगानी रहेको छ। विष्णु घिमिरेले खिचेको फिल्ममा दीपक शर्माको संगीत, गोविन्द फुयाँलको कथा समावेश छ।

हेर्नुहोस् भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु