पर्शुरामको फष्टलुक सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २१ असार २०७३, मंगलवार

व्ल्याक चिल्लि इन्टरटेनमेन्टको व्यानरमा बनेको एक्सन प्रधान चलचित्र पर्शुरामको फष्टलुक सार्वजनिक गरिएको छ । प्रर्दशनको लागि तयार, एन आर घिमिरेको निर्देशन रहेको यस चलचित्रको रिलिज डेट सार्वजनिक हुन भने बाँकी नै छ । यस चलचित्रमा किशोर खतिवडा , जान्वी बस्नेत , नवराज रावत , स्वस्ति क्षेत्री , शुशिल पोखरेल , घनश्याम गिरीको मुख्य भुमिका रहेको छ । चलचित्रका नायक किशोर खतिवडालाई पावरफूल भुमिका दिइएको छ । पोष्टरमा पनि किशोर खतिवडालाई मात्र देखाइएको छ । आज सम्मकै फरक गेट अपमा देखिएका खतिवडाले यो चलचित्रबाट ठूलो अपेक्षा गरेको बताए । बलिभद्र रानाको प्रस्तुति यो चलचित्रलाई महेन्द्र बुढाथोकि , यादव सैघाली , राजभक्त राणाले निर्माण गरेका छन् । चलचित्रका सहनिर्माता पारस बस्नेत रहेका छन भने कार्यकारी निर्माता सबिन प्रियासन हुन् ।

16070426prasuram-postar copy

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु