पाइरेसी भएपछि छक्का पञ्जा यूट्युबमा, पाइरेसीकर्ताबाट आत्महत्या

म्यूजिक खबर
प्रकाशित: २९ पुष २०७३, शुक्रबार

chhakka-panja1पौष २९,काठमाण्डौ । बर्ष २०७३ को सर्वाधिक सफल फिल्म छक्का पञ्जा आधिकारिक रुपमै युट्युवमा आएको छ । डिजिटल अधिकार प्राप्त कम्पनि हाईलाईट्स नेपालले फिल्मको औपचारिक ईन्टरनेट रिलिज गरेको हो । नेपाली हलमा सर्वाधिक व्यापार गर्न सफल फिल्मले यतिबेला विदेशमा व्यापार गरिरहेको थियो । फिल्मका मुख्य निर्माता दिपकराज गिरी र निर्देशक दिपाश्री निरौला छक्का पञ्जालाई विदेशमा रहेका दर्शकहरुलाई देखाउन गएका बेला यता सो फिल्म पाइरेसी भएको खबर बाहिरिएसँगै बिहिबार सामाजिक सञ्जालहरुमा यो फिल्म भाईरल बन्यो । फेसबुकमा अपलोड भएको फिल्मलाई हजारौंले हेरे अनि सेयर डाउनलोड गरेपछि डिजिटल अधिकार प्राप्त हाईलाईट्स ले विजनेसमा परेको असरलाई मध्यनजर गर्दै तुरुन्त ‘छक्का पञ्जा’लाई युट्यवमा अपलोड गरेको हो । फिल्ममा दिपकराज गिरी, प्रियंका कार्की, केदार घिमिरे, शिवहरी पौड्याल, जितु नेपाल, बर्षा राउत, नम्रता सापकोटा लगायत लिड अभिनयमा छन् ।

तर  दुखको कुरो फिल्म ‘छक्का पञ्जा’ पाइरेसी गर्ने युवाले भने आत्महत्या गरेका छन् । चितवनका कृष्ण सुवेदीले आत्महत्या गरेका हुन् ।उनले पहिलो पल्ट गुगोल ड्राइभमा फिल्म सेयर गरेका थिए । उनी सहितको चार जनाको पाइरेसी गर्ने टोलीलाई हनुमानढोका प्रहरीले समातेका थिए । निर्माता दिपक राज गिरिको आग्रहमा थुनामा नराखी आइतबार तारेखमा छाडेको थियो । फिल्म भाइरल भएपछि तनावमा आएर ती युवाले आत्महत्या गरेको हुन सक्ने अड्कल काटिएको छ । यो बारेमा प्रहरी तथा निर्माण टिम सदस्य कोहि पनि खुलेर बोल्न चाहेका छैनन् । आत्महत्या गर्ने सुवेदीको मृत शरिर अहिले पोष्ट मार्टमको लागी टिचिङ अस्पतालमा लगिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु