पाश्र्व गायनबाट कृष्णको चर्चा

म्यूजिक खबर
प्रकाशित: ३ पुष २०७३, आईतवार

पुस ३, काठमाडौं । संगीतकर्ममा संघर्ष गरिरहेका गायक हुन् कृष्ण काफ्ले । गीतसंगीतकै क्षेत्रमा भविश्य खोज्दै हिंड्दा उनले केही सफलता हासिल गरे होलान् जुत्ताका तलुवा फाटेको समय भने पत्तै पाएनन् । दुःखसुखको आरोह अवरोह एकातिर थन्क्याएर संगीतको आरोह अवरोहमा दौडिरहेका गायक कृष्ण काफ्ले यतिखेर भने जिन्दगीको दौडमा जित नजिक पुगेको महसुस गर्दछन् ।

krishna-kafle
दर्जनौं गीतमा स्वर दिइसकेका गायक काफ्ले पछिल्लो समय भने निकै चर्चामा रहे । उनकै स्वरमा सजिएको दुई गीतले राम्रो सफलता पनि पायो । चलचित्र छक्कापञ्जाको गीत सुनन चम्पा देखन चम्पाले उनलाई सर्वाधिक रुपमा चिनाउन सफल भयो । त्यस्तै चलचित्र किस्मत–२ को गीत तिम्रो पिक्चर हिट पनि उत्तिकै हिट भयो । यीत दुई गीतले उनलाई एकाएक सांगीतिक क्षेत्रमा उचाइ दिलायो । जसले गर्दा उनी यतिखेर संगीतको यात्रामा केही सफलता हात पारेको जस्तो अनुभव गरिरहेका छन् ।

संगीतको विद्यार्थी हुन् गायक काफ्ले । उनले आधुनिक, पप गीतहरु धेरै गाइसकेका छन् तर सफलता भने हात लाग्यो शून्य भइरहेको छ । गीतसंगीतमा भविश्य छैन, कमाइ हुँदैन भन्ने धेरै छन् । तर नाम र दामका लागि दौडिनेहरुका अगाडि उनी पहिला कर्म गर्नुपर्छ बल्ल नाम र दाम हात पर्छ भन्नेमा विश्वस्त छन् । गत वर्ष मात्र उनले ‘माया बस्यो’ बोलको गीतबाट म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पप गायकको अवार्ड उचालेका थिए । त्यसपछि झनै कर्म गर फलको आशा नगर भन्ने उखानसँगै अगाडि बढेका काफ्लेले यस वर्ष भने सोचेभन्दा धेरै उपलब्धि हासिल गर्न सफल भए । अर्थात् चलचित्र पाश्र्व गायनमा उनको चर्चाको चुली लाग्यो । उनी खुशीका साथ भन्छन् मेहनतको फल बल्ल पाएको छु । यसमा संगीतकार, गीतकारको पनि उत्तिकै ठूलो श्रेय छ । राम्रो गीत गाउने अवसर दिएकै कारण पनि मेरो मेहनतले ठाउँ पाएको हो, काफ्लेले भने ।

krishna
एकदशक अगाडिदेखि गायनमा संघर्ष गरिरहेका गायक काफ्लेको औपचारिक गायनको सुरुवात भने मेलापात र गाउँको परिवेश नै हो भन्दा फरक पर्दैन । सानैदेखि गाउनमा कत्तिपनि लाज नमान्ने स्वभावका उनी गीतसंगीतभन्दा बाहिर जान चाहँदैनन् । एकदर्जन भन्दा बढी चलचित्रमा पाश्र्व स्वर दिए पनि उनको चर्चा भने भर्खर प्राप्त हुँदैछ । एक पाइला पनि नडगमगाई अघि बढेका गायक काफ्लेसँग लोक, आधुनिक, पप, चलचित्र जुन फ्लेवर भन्यो त्यसैमा गाउन सक्ने क्षमता छ । त्यसो त उनी राम्रो संगीतकार पनि हुन् । उनीभित्र संगीतको राम्रो ज्ञान छ जसले गर्दा गायकी पक्ष सबल बनिरहेको छ ।

पछिल्लो समयमा गीतहरु कालजयी बन्न नसकेकोमा भने उनीभित्र चिन्ता बढेको छ । नाच्ने गीतहरु मात्र चल्ने भए बाँच्न गीतहरु हराउँदै गए उनले भने – केही समय चर्चा पाउनका लागि गीतसंगीतको निर्माण भइरहेको छ, तर मौलिक सिर्जनातर्फ ध्यान जान सकेको छैन । फ्यूजन गरेर गीतहरुलाई चल्ने बनाइन्छ तर क्षणिक बन्न थालेकोमा सिर्जनाहरु सदाबहार बन्न नसकेको उनी बताउँछन् । यतिखेर उनी मुलुकका विभिन्न कन्सर्टहरुमा व्यस्त बन्दै आइरहेका छन् । उनी जहाँ जान्छन् त्यहाँ उनका प्रस्तुतिहरु सुनेर वान्स मोर भनिरहेका हुन्छन् । उनको पाश्र्व गायनले यो वर्ष सांगीतिक उचाइ थपिदिएकोमा उनी ढुक्क छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु