पिकेको फोटो जस्तै बनाउन नेपाली फिल्म स्केपको लागि नाङ्गिने पात्रको खोजी

म्यूजिक खबर
प्रकाशित: १ माघ २०७१, बिहीबार
गोपिकृण्ण चापागाई । पुस, काठमाडौ. । धेरै समयपछि बलिउडको फिल्मी नगरीमा पिके फिल्मले एउटा नयाँ रेकर्ड नै राख्यो । आमिर खानको नाङ्गै बनेको फोटोले गर्दा पिकेले निकै ठुलो सफलता पायो । बलिउडमा मात्र नभएर नेपाली फिल्म क्षेत्रमा पनि पिकेले नयाँ रेकर्ड नै राख्यो जुन अहिलेसम्म अन्य बलिउड फिल्मले नेपालमा त्यसतो रेकर्ड राख्न सकेका थिएनन् ।
आमिरको यो शैलीबाट नेपाली निर्माताहरुलाई भने केहि पाठ सिक्ने अवसर मिलेको होकि जस्तो पनि लाग्यो । किनकी आमिरको नाङगिएको फोटोले यसरी सफलता पायो भने नेपाली फिल्ममा पनि यस्तै गरीयो भनेत यसरी नै सफलता पाउँछ कि भन्ने नेपाली निर्माताहरुको सोँचाईमा छ ।
यहि आउँदो माघ २३ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म स्केपका कलाकार प्रदिप खड्काले आफ्नो चलचित्रलाई कुन तरिकाले प्रचार गर्दा अझ नयाँ रुप बन्न सक्छ भन्ने कुराको छटछटि भएको छ । फिल्मकै नायिका नङ्ग्याउने होलाकी आफै नाङगिने होला भन्ने कुरामा दोदारी भएको बताएका छन् ।
आफुले बनाएको फिल्म राम्रो छ तर पनि दर्शकलाई हलसम्म तान्न त्यति सजिलो छैन त्यसैले फिल्मको प्रचारका लागि नयाँ उपाय सोंचेको बताउँछन् ।  यसैले उनले पोष्टर प्रतियोगिता गर्न लागेको जनाएका छन् । उत्कृष्ट हुने २ पोष्टर चलचित्र प्रचारका लागि प्रयोग गरिनेछ । फिल्म स्केपमा नायिका रीमा विश्वकर्मा र प्रदिप खड्काको मुख्य भूमिका छ ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु