पुनः निर्माणका लागि डोको नाम्लो सहित कडा परिश्रममा धुर्मुस–सुन्तली

म्यूजिक खबर
प्रकाशित: ३१ बैशाख २०७३, शुक्रबार

सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को जोडी नेपालको कलाकार वृतबाट नाम चलेको लोकप्रिय जोडी हो । नेपाली जनता खुशी भएको बेला हँसाउने र दुःखमा परेको बेला सहयोग गर्ने यो जोडीको जति तारिफ गरे पनि कम हुन्छ । देश र जनताका लागि सदैब समर्पित हुनेछु भनेर सपथ खाने नेताहरु ले माखो नमारेको विद्यमान परिस्थितिमा सिताराम र कुञ्जनाको जोडीले पूष्य कमाइरहेको छ ।

विनाशकारी महाभुकम्प गएको एक वर्ष भन्दा बढी भइसक्दा पनि भुकम्प पिडीतहरुको लागि सरकारका तर्फबाट कुनै सहयोग नगरेको अप्रिय परिस्थितिमा यो जोडीले पाखुरी बजारेर पिडीतलाई सहयोग दिन अहोरात्र खटिरहेको छ । चिल्ला प्राडोमा हुँइकिने गफाडी नेतालाई त्यागेर अब नाम्लो लगाएर कठिन परिश्रम गर्ने धुर्मुस सुन्तली नै सबैका प्रिय बनेका छन् र बन्नु पर्छ पनि ।

यतिखेर यो जोडी मानवताका ज्वलन्त उदाहरण र सबैका हाई हाई बन्न पुगेका छन् । धुर्मुस सुन्तली जोडीको स्वामित्वमा रहेको धुर्मुससुन्तली फाउन्डेसनले दोस्रो एकिकृत बस्तीको निर्माण सुरु गरेको छ। सिन्धुपाल्चोक मेलम्ची ८ गिरान्चौरका ६५ परिवार भूकम्पपीडितका लागि दशैंको फूलपातीसम्म घर उपलब्ध गराउने ध्येयले धुर्मुससुन्तलीले बुधबारदेखि पुनःनिर्माण सुरु गरेका हुन्।

dhurmus

वैशाख २९ गतेको पराकम्पले पनि ठूलो क्षति गरेकाले सोहि दिनको सम्झनामा दोश्रो एकिकृत बस्ती निर्माण कार्य सुरु गरिएको फाउन्डेसनका अध्यक्ष धुर्मुसको भनाई छ । पुनःनिर्माणका लागि धुर्मुससुन्तली डोकोमा ढुंगा बोक्नुका साथै सावेल, बेल्चा बोकेर निर्माण कार्यमा आइपर्ने हरेक काममा खटिएका छन्। सोचेअनुसारको बस्ती तयार नभएसम्म आफूहरु काममा खटिरहने उनले बताए। बुधबारै राजधानीबाट केही कलाकर्मीको टोली श्रमदानका लागि गिरानचौर पुगेको थियो।पहिलेको भन्दा ३ गुना ठूलो बस्ती निर्माण गर्न लागिएको र अनुमानित बजेट करिब चार करोड रहेकाले फाउण्डेशनलाई आर्थिकसँगै जिन्सी सामान र श्रमदानको खाँचो रहेको धुर्मुसले बताए।

suntali

बस्ती निर्माणको घोषणापछि हालसम्म करिब रु. २२ लाख हाराहारीमा सहयोग संकलन भएको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले जानकारी दिइन्। सरकारी मापदण्डअनुसार निर्माण गरिने बस्तीमा भूकम्प प्रतिरोधी चार कोठे घरको साथमा एक घर, एक धारा, एक बगैँचा र एउटा सामुदायिक भवनका साथै बस्तीलाई बालमैत्री, अपाङ्गमैत्री तगा खुला दिसामुक्त क्षेत्र बनाइने धुर्मुससुन्तलीको योजना छ।
धुर्मुस सुन्तलीको सपनालाई विपनामा साकार पार्न सबैले साथ दिन जरुरी छ । नसके अरुलाई सहयोग गर्न भनौं

dhurmus suntali

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु