पुषमा १७ मा स्नेह

म्यूजिक खबर
प्रकाशित: ५ पुष २०७२, आईतवार

चलचित्र स्नेह पुष १७ गतेबाट अल नेपालका सिनेमाघरहरुमा आउने भएको छ । इन्द्र परियारको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रमा विकास चापागाईं, प्रिति शाही ठकुरी, देशभक्त खनाल, राजकुमार शाह, देवी पाण्डे, विनोद दुगड, पकंज विश्वासलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Sneha-2

देवीप्रसाद पाण्डे र विनोद दुगडले निर्माण गरेको चलचित्रलाई अभ्युदय खनालले छायाँकन गरेका छन् । श्री १०८ कंकालदेवी भगवती माता फिल्मस् प्रा.ली.को प्रस्तुती स्नेहमा महेश र रमेशको संगत, राजेन्द्र कार्कीको संवाद, प्रशान्त तामाङको नृत्य, मृगेन्द्र गुरुङको सम्पादन, सम्राट थापाको पाश्र्व संगीत रहेको छ भने चलचित्रका सह निर्देशक विनोद पुडासैनी रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु