पुष्पा र दीपकको ‘सम्बन्ध’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ८ आश्विन २०७२, शुक्रबार

काडमाडौं । गायिका पुष्पा सुब्बा र संगीतकार दीपक शर्माको ‘सम्बन्ध’ सार्वजनिक भएको छ । उनीहरुबीचको सम्बन्धका बारेमा बजारमा कुनै हल्ला छैन तर सम्बन्ध सार्वजनिक भएपछि भने हल्ला होइन वास्तविकता नै बजारमा देखिएको छ । उनीहरुको सम्बन्धसँगै अभिनेत्री बेनिशा हमाल र भिमसेन कँडेलको सम्बन्धका बारेमा पनि चर्चा चलेको छ ।

dipak sharma
गायिका पुष्पा सुब्बाको दोस्रो एल्बम ‘सम्बन्ध’ विहीबार राजधानीमा एक कार्यत्रमबीच सार्वजनिक गरिएको । प्रमुख अतिथि गायिका संगीता राना, विशेष अतिथि रंग प्रत्रकार कृष्ण भट्टराईले ‘सम्बन्ध’लाई संयुक्तरुपमा सार्वजनिक गरेका हुन् ।
सम्बन्धमा ‘तिमी लोग्ने मान्छे समाजमा जे गरे नि छुट छ’ दिपक शर्माको शब्द र संगीतमा गायिका पुष्पा सुब्बाको स्वर रहेको छ । यो गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । विशाल भण्डारीले निर्र्देशन गरेको भिडियोमा बेनिशा हमाल र भिमसेन कँडेलको अभिनय रहेको छ ।

Sambandha (1)
‘सम्बन्ध’को लोकापर्ण कार्यक्रममा उक्त गीतका मोडल भिमसेन कँडेलले आफ्नी आमा पार्वती कँडेल र बुबा शिवलाल कँडेलको नाममा अपाङ्ग असाय बालबालिका उत्थान केन्द्रलाई नगद रु ५० हजार तथा दिब्य सेवा निकेतन वृद्धा आश्रमलाई ५० हजार गरी एकलाख रुपैया प्रदान गरेका थिए । कार्यक्रममा अतिथिहरुले एल्बम सम्बन्धको सफलताको लागि शुभकामना तथा कँडेलले गरेको सामाजिक कार्यको प्रशंसा गरेका थिए । उनीहरुले भिमसेनको कार्यबाट अरुहरुले पनि सिक्नुपर्ने बताएका थिए । एल्बमलाई भाइब्स क्रिएशनले बजारमा ल्याएको हो ।

puspa subba

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु