‘पोखराकी काली’सँग रोमान्स गर्दै अभिनेता गजित

म्यूजिक खबर
प्रकाशित: २५ जेष्ठ २०७४, बिहीबार

काठमाडौं । अभिनेता गजित विष्ट यतिबेला पोखराकी कालीसँग रोमान्स गरिरहेका छन् । फिल्म ‘पोखराकी काली’ मा अभिनेत्री निशा अधिकारीसँग र उनले अनस्क्रिन रोमान्स गर्दै गरिरहेका छन् ।

gajit-bista-nisha-adhikari

चलचित्र ‘मायोज बार’बाट नेपाली रजतपटमा जोडीको रुपमा उदाएका नायक गजित बिष्ट र नायिका नीशा अधिकारी साता बर्षपछि फेरि एकसाथ पर्दामा देखिएका छन् ।

 

यी दुइको मुख्य भूमिका रहेको चलचित्र ‘पोखराकी काली’को हाल धमाधम चितवनमा छायांकन भैरहेको छ । विमल पौडेलको लेखन तथा निर्देशनमा तयार भैरहेको यो चलचित्रमा विश्वासको लगानी छ ।

 

चलचित्रलाई पूर्ण कमेडी बिषयमा निर्माण गरिनेछ । चलचित्रमा गजित र निशाको अलवा सरोज खनाल, लय संग्रौला, सुवास गजुरेल, सुरबीर पण्डित, मनोज श्रेष्ठ, विरेन डीसी लगायतका कलाकारको पनि अभिनय छ ।

sarok khanal-pokharaki kali

रेड हाउसको ब्यानरमा यो चलचित्र निर्माण भैरहेको छ । संचारकर्मी रवि अधिकारी चलचित्रका कास्टिङ डीरेक्टर हुन् । चलचित्रको छायांकन ४० दिनमा सक्ने निर्देशक पौडेलको भनाई छ ।

 

चलचित्रमा बिपिन आचार्यको संगीत, कमल राईको नृत्य, लक्ष्मण घिमिरेको छायांकन, रबि बराली र प्रकाश कर्माचार्यको एक्सन छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु