प्रतिबिम्बको बेलायतमा विशेष प्रदर्शन

म्यूजिक खबर
प्रकाशित: ८ आश्विन २०७२, शुक्रबार
  • गीता राना मगर

हङकङ र नेपालको विभिन्न शहरहरुको अपार सफलतापछि चलचित्र प्रतिविम्ब बेलायतमा प्रदर्शन हुने भएको छ । नेपालीहरुको अधिक बसोवास भएको क्षेत्र अल्डरसटमा आगामी हप्ता प्रतिबिम्ब चलचित्रको विशेष प्रदर्शनी हुन लागेको हो । युवाहरुलाई शिक्षा प्रति अभिप्रेरित गराउने कथा बस्तु बोकेको चलचित्र प्रतिविम्ब बेलायतको निरमाया रोधीघर अल्डरसटमा आगामी अक्टोवरको २ तारिक अर्थात असोजको १५ गते प्रदर्शन हुने भएको हो । चलचित्र प्रदर्शनका लागी चलचित्रका नायक मनसुधन थापामगर बेलायत जान प्रस्थान गरिसकेका छन् ।

mansoon thapa

द लाफा आर्टस इन्टरनेश्नल लिमिटेडको ब्यानरमा निर्माण भएको प्रतिविम्ब चलचित्र नेपालको पोखरा, काठमाण्डौ, म्याग्दी, चितवन, दाङ, तनहुँ, बाग्लुङ र नेपाल बाहिर हङकङको विशेष प्रदर्शन पश्चात बेलायतमा प्रदर्शन गर्न लागिएको हो । सिमारेखा, करोडपति, उपकार, एक नम्बरको पाखे लगायतका सुपरहिट चेपाली चलचित्रको निर्देशन गरेका बरिष्ठ निर्देशक किशोर राना मगरद्वारा निर्देशित प्रतिबिम्ब चलचित्रमा संचारकर्मी तथा गायक मनसुधन थापा मगरको मुख्य भुमिका रहेको छ ।
चन्द्र ज्योती आले अध्यक्ष हङकङ मगर समाज, ज्ञानु थापा मगर मनकामना ओभरसिज काठमाण्डौ, के बी राना न्यु क्यास्टल होटल काठमाण्डौ, अनिता राना मगर यु के, छक्कु उदासी जापान, गोमा पुन हङकङ र नेत्र थापा हङकङको निर्माण रहेको चलचित्रमा पवित्रा सारु मगर डिम्पलले नायिकाको भुमिका निर्वाह गरेकी छिन भने सह नायिकामा मिस मगर हङकङ कमला पुन मगरको भुमिका रहेको छ ।

pratibimba

त्यस्तै चलचित्रमा सह नायकको भुमिकामा गायक तथा साउण्ड ईन्जीनियर कुमार राना मगर, गिरी राज पुन, निर आले मगर, शिला आले, शान्ति राना, राज थापा मगर, श्याम राई, बालद्धिप राई, सपना श्रेष्ठ, दिल कुमारी राम्जाली, राकेश लामा, रुपा जी एम लगायतको अभिनय रहेको छ । चलचित्रमा कथा तथा शब्द संगीत राजकुमार बगर, कोरियो ग्राफीमा कमल राई, द्वन्द्व शंकर महर्जन, र छायांकन यम आलेले गरेका छन । यस अघि नेपालको विभिन्न शहरहरुमा प्रदर्शन पश्चात नेपालमा गएको बिनासकारी भुकम्पबाट प्रभावित हरुका लागी चलचित्र युनिटले सहयोग समेत गरेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु