प्रमोद र सृष्टिको सुकुटी सार्बजनिक (भिडियो )

म्यूजिक खबर
प्रकाशित: १९ भाद्र २०७७, शुक्रबार

काठमाडौं । गायक प्रमोद खरेल र गायिका सृष्टि हिङमाङको स्वरमा रहेको गीत ‘सुकुटी’को भिडियो सार्वजनिक भएको छ । गीतमा कृष्णउदाशीको शब्द, गौरव दर्पणको संगीत, नोर्बु शेर्पाको एरेन्ज र सुमन खड्काको मिक्सिङ र मास्टरिङ छ ।

भिडियोमा सारा सिरपाली, सुमन बस्नेत र वसन्त अधिकारी फिचर्ड छन् । चितवनको मेघौलीमा छायांकन गरिएको भिडियोमा सारालाई थारु भेषभुषामा देखाइएको छ ।

भिडियोमा रेनिश फागोको रंग, आरजु बैजुको कोरियोग्राफी, संकल भुजेलको छायांकन, बनिष शाहको सम्पादन र शिशिर खातीको निर्देशन छ । भिडियोको निर्माता सुवास बस्नेत हुन् । भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।

कोभिड-१९ को महामारीले देश लकडाउनमा पर्दा यसको प्रत्यक्ष प्रभाव सांगीतिक क्षेत्रमा पनि परिरहेको छ । दिनहुँजसो दर्जनौं भिडियो छायांकनमा व्यस्त हुने कलाकारहरु, रेकर्डिङमा व्यस्त हुने गायिक-गायिका, संगीतकारहरु यतिबेला घरमा खुम्चिएका छन् । तर निर्माण सम्पन्न भइसकेका भिडियोहरु भने रिलिजको क्रममा छन् । सुकुटी गीत पनि पहिला नै शुटिङ सकिएर सार्वजानिक हुने तयारीमा रहेको बेला लकडाउन भएर रोकिएकाले सार्वजनिक गर्न ढिलो भएको कुरा गीतका रचनाकार कृष्णउदाशीले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु