प्रवासीले भने…यसपाली नेपाल जाम क्यारे

म्यूजिक खबर
प्रकाशित: २९ मंसिर २०७२, मंगलवार

मुलुकको बेरोजगारीको अवस्थालाई बिर्सँदै विदेश पुगेका नेपालीहरु अन्ततः नेपाल फर्कन पाउँदा निकै खुशी हुने गर्छन् । आफू जन्मिएको ठाउँ, हुर्केको गाउँ, मेलापात र साथीसंगीको मिठो मायालाई सम्झिँदा प्रवासमा रहने कुन नेपालीको मन नरोला र ? प्रवासको १५ देखि १८ घन्टे ड्यूटी गर्ने नेपालीको दिनचर्यामा केही समय भए पनि आफ्नो गाउँ, परिवारसँग खुशी साट्न आउन पाउनु सुखेको कुरा हुन्छ । यस्तै परिवेशमा गायक मिलन लामा पनि देखिएका छन् ।
गायक मिलन लामाको शब्द, संगीत र स्वरमा रहेको गीत जाम क्यारे जाम क्यारे जाम क्यारे यसपाली नेपाल जाम क्यारे बोलको गीतले प्रवासमा रहने सम्पूर्ण नेपालीलाई एकचोटी घर फर्कने बनाउँछ । खोलीको पानी, मायालुको बोली, गाउँका साथीसँगीसँग भेट्न पाउनु एकातिर भयो भने घरकी जीवनसंगीनी बाबुआमा पनि खुशी हुन्छन् नेपाल जाउँ भन्ने सन्देशसहितको गीत यतिखेर चर्चाको शिखरमा छ । भर्खरैमात्र रिलिज गरिएको यस गीतको म्यूजिक भिडियोको छायाँकन भने यूएईमा गरिएको हो । प्रकाश भट्टको निर्देशन र कोरियोग्राफमा तयार भएको यस म्यूजिक भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् । साइभिजन प्रालिको प्रस्तुतिमा बजारमा आएको यस गीतले विदेशमा रहेका नेपालीहरुको मन छुन सफल हुने देखिन्छ ।

म्यूजिकखबर फेसबुक, ट्विटरयूट्युबका लागि यहाँ क्लिक गर्नुहोला ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु