प्रियंकाले नेपाली फिल्म बनाउँदै !

म्यूजिक खबर
प्रकाशित: १४ पुष २०७३, बिहीबार

priyanka-chopra1

पौष १४,काठमाण्डौ । पूर्व विश्व सुन्दरी एवं बलिउडदेखि हलिउडसम्मकी अभिनेत्री प्रियंका चोपडाले नेपाली चलचित्र निर्माण गर्ने भएकी छिन् । प्रियंकाको कम्पनी पर्पल पेबल प्रोडक्सनले बनाउने नेपाली चलचित्रको नाम ‘पउआ’ हो । जसको अर्थ पाहुना हुने टाइम्स अफ इन्डियाले जनाएको छ । यो चलचित्र युद्धको समयमा बाबुआमाबाट छुट्टिएका बालबालिकामा केन्द्रित हुने जनाइएको छ । ‘पउआ’का लागि प्रियंकाले स्थानीयका साथै नेपाली कलाकार पनि लिनेछिन् । उनले सिक्किमेली–नेपाली चलचित्र बनाउन लागेको जनाइएको छ । नेपाली चर्चित खलनायक एवं अभिनेता सुनील थापाले प्रियंकाको ‘मेरी कोम’ मा खेलेसंगै प्रियंका पनि नेपालीको मनमा बस्न थालेकी कलाकार हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु