बलिउड अभिनेत्री प्रियंका चोपडाले बनाउन लागेको नेपाली फिल्मको ‘पाहुना’को पोस्टर पोस्टर हालै फ्रान्समा सम्पन्न भएको ७० औँ कान्स फिल्म फेस्टिबलमा सार्वजनिक गरिएको छ । प्रियंकाकी आमा प्रमुख रहेको होम प्रोडक्सन पर्पल पेबल पिक्चरबाट उक्त फिल्म निर्माण हुन लागेको हो ।

फिल्ममा नेपालमा भएको दश वर्षिय द्वन्द्व कालमा आफ्ना बाबुआमाबाट छुटिएका ३ बालकको कथालाई चित्रण गरिएको छ । फिल्मको छायांकन पनि सिक्ममै हुने बताइएको छ ।

सिक्किमी सरकारसँगको सहकार्यमा बन्न लागेको उक्त फिल्ममा कलाकारहरु पनि सिक्कीमबाटै चयन भएका छन् ।फिल्मको लागि सिक्कीमी अभिनेत्री मञ्जु क्षत्रीसहित पाँचजना कलाकार छनोट गरिएको छ । मञ्जुले यसअघि पनि ‘मेरी बास्सै’ मा काम गरिसकेकी छिन् ।

pahuna