‘प्रेमगीत’का निर्माता र नायकलाई फेसबुकमा अनफ्रेण्ड गरिन् नायिका पूजाले

म्यूजिक खबर
प्रकाशित: १४ बैशाख २०७३, मंगलवार

नेपाली फिल्मी क्षेत्रमा कुनै फिल्मको रिलिजपछि या रिलिजको छेकोमा निर्माण टिम अनि कलाकारहरुबीच विमत आउने, विवाद पर्ने कुरा नौलो होइन । यस्तै फिल्मी टिमहरुको मतभेद हुने क्रममा पछिल्लो समय रिलिजमा आएको ’प्रेमगीत’ टिममा पनि विवाद उत्पन्न भएको छ । गत माघ २९मा रिलिज भएको यो फिल्मका निर्माता सन्तोष सेन र लिड अभिनेता प्रदिप खड्का यतिखेर विदेश प्रदर्शनको क्रममा हङकङ, थाईल्याण्ड र सिंगापुर घुमिरहेका छन् । तर निर्देशक र अभिनेत्री पूजा शर्मा भने नेपालमै रहँदा पूजाले निर्माता र अभिनेतालाई फेसवुकबाट आउट गरेकी छिन् । थाईल्याण्डमा रहेका निर्माता सेनले आफ्नै हिरोईनले अनफ्रेण्ड गरेको खुलाए भने प्रदिपले आफुलाई पूजाले ब्लक गरेको बताए । खै किन गर्नुभयो थाहा भएन, राम्रै रहेको सम्बन्धलाई उहाँले आफै साईड लगाउँदै अघि बढ्नुभएको छ, सेनले फिल्मीखबरसँग भने । अभिनेतालाई मात्र लिएर सन्तोष विभिन्न देश घुमिरहँदा आफुलाई वास्ता नगरेको आक्रोस पूजाले फेसबुकमा ब्लक गरेर व्यक्त गरेको एक अनलाईनले लेखेको छ । त्यसो त निर्माण टिमभित्र तिक्तता आएको र निर्माता र अभिनेता एक क्याम्प अनि अभिनेत्री र निर्देशक अर्को क्याम्पमा रहेको खबर यसअघि नै मिडियामा आईसकेको थियो । तर यो विषयमा पूजासँग बुझ्दा उनले आफुलाई विदेशजानु कुनै नौलो कुरा नभएको भन्दै विदेश नलगेकै निहुँमा फेसबुकबाट सन्तोष र प्रदिपलाई हटाएको कुरा स्विकार गरिनन् । फिल्मीखबरसँगको टेलिफोन संवादमा पूजाले आफुलाई गलत देखाउन केहि व्याक्तिहरु लागेर अनावश्यक प्रचारबाजी गरेको समेत आरोप लगाएकी छिन् । धेरै देशबाट ’प्रेमगीत’ फिल्म लिएर तपाईं आउनपर्यो भन्ने प्रस्ताव आईरहेको छ, तपाईं नआए फिल्म नै हेर्दिन भन्ने सम्मको चेतावनी फ्यानहरुबाट पाएकी छु, पूजाले भनिन्, ’जान चाहे म जहाँ पनि जान सक्छु, कसैले गलत प्रचार गरेर मेरो व्याक्तिगत जीवनमा असर पर्छ भने त्यस्तोलाई छाड्ने पनि छैन् ।’

pooja

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु