प्रेम वियोगका कारण कट्रिनालाई डिप्रेसन

म्यूजिक खबर
प्रकाशित: १० फाल्गुन २०७२, सोमबार

काठमाडौं, १० फागुन । बलिउडमा गहिरो प्रेमसम्बन्धमा विच्छेद हुनु सामान्य जस्तै बन्न पुगेको छ । यस्तै बलिउडकी चर्चित अनि लोकप्रिय नायिका कट्रिना कैफ पनि प्रेम सम्बन्धको मामिलामा असफल ठहरिएकी छिन् । बलिउडका प्रभावशाली नायक सलमान खानसँग प्रेम सम्बन्धमा परेकी कट्रिनाले सो सम्बन्धलाई लामो तथा दिगो बनाउन सकिनन् । सलमानले नै उनलाई बलिउडमा डेब्यू गराएका थिए । सलमानसँगको ब्रेकअप पछि उनले रणविर कपुरलाई प्रेमी बनाएकी थिइन् । तर पछिल्लो समयमा रणविर कपुर र कट्रिना कैफको प्रेम सम्बन्धले पनि निरन्तरता पाउन नसकेको खबर सुन्नु परेको छ । रणविरसँग गहिरो प्रेममा परेकि कट्रिनाले रणविरको प्रेमबाट बन्चित हुनु परेपछि उनी ‘डिप्रेसन’ मा भएको खबर आएको छ । हाल उनी दैनिक डिप्रेसनकै कारणले १३ घण्टाभन्दा धेरै सुत्नु परेको छ । पहिले जस्तोसुकै अवस्थामा पनि फिटनेसको कसरत गर्ने गर्थिन, तर हिजोआज त्यो सिलसिला पनि बन्द भएकाने बताईएको छ । क्याटरिनाले यसलाई आफू धेरै सुत्ने ‘सिल्पोहोलिक’ भएको भने पनि श्रोतले भने यसलाई डिप्रेसनका कारण यस्तो भएको बताएका छन् ।
क्याटरिना निकवर्तीका क्याटरिनाको दिनको १३ घण्टाको सुताई आश्चर्यजनक भएको बताउँछन् । केहि मनोवैज्ञानिकहरुले क्याटरिनाको यस कामलाई ‘पोस्ट ब्रेकअप इफेक्ट’ भनेका छन् । जसका अनुसार मानिस आफ्नो विचारबाट टाढा रहन आवश्यकता भन्दा बढी सुत्ने गर्छन् ।

ranbir_katrina

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु