फन्कोको प्रचार शैली स्ट्याचु

म्यूजिक खबर
प्रकाशित: १५ पुष २०७२, बुधबार

चलचित्र फन्कोले आफ्नो प्रचार शैलीलाई फरक रुपमा प्रस्तुत गरेको छ । माघ १ बाट प्रदर्शनमा आउन लागेको चलचित्र फन्कोका निर्माता नरेन्द्र महर्जनले प्रचार शैलीलाई स्ट्याचु बनाएर नयाँ तरिका प्रस्तुत गरेका छन् । नेपालभर एकैसाथ रिलिजको लागी तयार रहेको चलचित्र फन्कोको लागी यसपाली निर्माता महर्जनले चलचित्रमा समावेश ठुँग्दे ठुँग्दे बोलको गीतलाई केन्द्रविन्दूमा राखेर कलाकारहरुको स्ट्याचु बनाएर फोटो खिच्दै सामाजिक सञ्जालमा प्रचार गर्ने कामलाई तीब्रता दिएका छन् ।

priyanka karki

निर्माता महर्जनले आफनो फेसबुक वालमा स्ट्याचु बनाएर प्रचार अभियानलाई पोष्ट गरेका छन् । यो अभियानमा संगीतकार चेतन सापकोटा, गीतकार राजेन्द्र थापा, गायिका रेश्मा सुनुवार, चलचित्र विकाश बोर्डका पूर्वअध्यक्ष गणेश भण्डारी, निर्माता केशव भट्टराईलगायतले साथ दिएका छन् । कलाकारका अलावा यो अभियानमा संचारकर्मीहरुलाई पनि प्रयोग गरिएको छ । यो अभियानलाई देशका प्रमुख शहरका सिनेमाहलहरुमा स्ट्याचु राख्ने र दर्शकहरुलाई फोटो खिचाएर फेसबुक वालमा राख्न अनुरोध गर्ने निर्माता महर्जनले बताए । यो अभियानलाई काठमाडांैका बिभिन्न सिनेमाघरहरु, पोखरा, नारायणघाट, हेटौंडा, बुटुवल, बिर्तामोड लगायतका ठाउँहरुमा गरिन लागेको महर्जनले बताए । साथै मुख्य शहरका बिभिन्न चोक चौताराहरुमा समेत यो अभियानले स्थान पाउने निर्माता महर्जनको भनाई छ ।

Thunge Promotion

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु