फन्कोको प्रिमियर, भोलीबाट प्रदर्शनमा

म्यूजिक खबर
प्रकाशित: ३० पुष २०७२, बिहीबार

चलचित्र फन्कोले नेपाली चलचित्र क्षेत्रका कलाकर्मी र संचारकर्मीहरुको बाक्लो उपस्थितीमा भव्य प्रिमियर शो गरेको छ । शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र फन्कोले बुधबार कुमारी हलमा चलचित्रकर्मीहरुलाई बोलाएर चलचित्र देखाइसकेपछि सबैले खुलेर प्रशंसा गरेका थिए । चलचित्रको मेकिङ मजबुद भएको भन्दै चलचित्रमा अभिनित कलाकारहरु सौगात मल्ल, केकी अधिकारी, दयाहाङ राई, प्रियका कार्की, अनुप बराल लगाएतकाहरुको अभिनयले खुडकिलो चढेको प्रतिकृया धेरैले दिएका थिए । दुई घण्टा अबधीमा चलचित्रत्रले प्रशस्त मनोरञ्जन दिएको बताएका थिए । चलचित्र स्थरीय बनेको र चलचित्रमा समाबेश डायलगका संबादलाई कलाकमीहरुले मन पराएका छन् ।

टिपिकल बोलीचालीको उखानटुक्कालाई चलचित्रमा समाबेश गरिएको छ । पटकथा संबाद र उठान गरेको समाजिक कथा बस्तुलाई कलाकर्मीहरुले मन पराउँदै प्रशंसा गरेका छन । प्रशस्त मसला प्रयोग गरिएको फन्कोले दर्शकहरुको मन जित्न सफल रहने बताइएको छ । माघेसंक्रान्तिलाई लक्षित गरेर प्रदर्शनमा आउन लागेको चलचित्रले दर्शकहरुलाई कति हप्तासम्म फन्काउने हो त्यो भने प्रतिक्षाको घडी बनेको छ । राजनीति, समाज र गुण्डागर्दीबीचको कथावस्तु रहेको फन्कोमा सस्पेन्स थ्रिल्लरको प्रयोग भएको छ ।

fanko-in4
चलचित्रमा पहिलो पटक गायिका ईन्दिरा जोशीले लोकल ब्युटी बोलको गीतमा स्वरसंगै आईटम नृत्य गरेकी छिन । चलचित्रमा बेल्जियम निबासी सहदेब गौतम र पदम गुरुङको पनि लगानी रहेको छ ।
चेतन सापकोटाको संगीत, राजेन्द थापाको शब्द, रेस्मा सुनुवार, संगीतकार सापकोटा र गायिका ईन्दिरा जोशीले गाएको दुई गीत चलचित्रमा समावेश गरिएको छ । चलचित्रले शुक्रबार बिहान आठ बजे हेटौडाको मानसेवा आश्रमको भबन निर्माण सहयोग लागि च्यारेटी शो समेत गर्दै छ । च्यारेटी शोका लागि चलचित्रका सबै कलाकर्मीहरु बिहिबार हेटौंडातर्फ लागेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु