आजको राशिफल

म्यूजिक खबर
प्रकाशित: २ चैत्र २०७२, मंगलवार

आज मिति २०७२ साल फाल्गुन शुल्क पक्ष दशमी तिथि चैत्र ०५ गते शुक्रवार तदनुसार मार्च महिनाको १८ तारिक २०१६ अनुसार तपाइको आजको राशिफल यस प्रकार रहेको छ –

मेष राशि –

तपाइको राशिको लागि दिन उत्तम रहेको छ |कतिपय नसोचेका काम सम्पन्न हुने छन |पारिवारिक बिस्वास जित्न सफल भइने छ | पढाइ लेखाइ प्रति रुची बढ्ने छ |प्रतियोगिताको परिणाम आफ्नो पक्षमा आउने देखिएको छ | सामाजिक र आर्थिक कुरामा तपाइको स्थिति राम्रो बन्ने छ |

वृष राशि

आय स्रोत बढ्ने छ |मित्रता दिगो हुने छ |प्रगतिमा थोरै भएपनि राम्रो बाटो खुल्ने छ |आफुले बिस्वास नगरेको कुरा बन्ने छ |अरुलाइ बिस्वास जितेर गरेको काम बन्ने छ |मानवताको लागि केहि सहयोग गर्न पनि तयार रहनु पर्ला |स्वास्थ्यमा लाभ हुने देखिएको छ |

मिथुन राशि –

सिमित कार्य सिद्ध भएपनि भोलिको लागि राम्रो कामको सुरुवात हुने छ |परिवामा देखिएको समस्याको अन्त्य हुने छ |आत्मबिस्वासका कारण कठिन काम पनि सजिलै पुरा हुने छ |गुमेको धन पाइने छ |ब्यापारमा लगानीको लागि असाध्यै सुभ समय रहेको छ |

कर्कट राशि –

बिस्वास गुम्नेछ |मित्रता कमजोर रहला |सोचेको जस्तो प्रतिफल नआउला |इमान्दर प्रयासबाट पनि सोचेको काम असिद्ध हुने योग छ |शरीरमा घाउ चोटको भय रहने छ |आफ्ना कमजोरीका लागि मित्र जिम्मेवार रहने छन् |हातमा आइ सकेको अवसर गुम्न पनि बेर लाग्ने छैन |

सिंह राशि –

आजको दिन मेसिनरी बस्तुको प्रतोगबाट हुने ब्यापारको लागि उचित रहेको छ |सिमित बस्तुको प्रयोगबाट अधिक लाभ प्राप्त गर्ने योग छ |स्वास्थ्यमा सुधार रहने छ |विकल्पको रुपमा अपनाइने जुक्ति अत्यमा काम लाग्ने छ |बोलीको कारण अरुको मन जित्न सफल भइने छ |

कन्या राशि –

विवादित कुरा किनारा लाग्ने छन् |बोल चालमा सुधार देखिने छ |गुमेको सम्पत्ति पुन पाइने योग छ |भाग्यले साथ दिने छ |महत्वपुर्ण निर्णय द्वारा भोलिको बाटो प्रसस्त गरिने छ |कृषि तथा सहकारी कामबाट लाभ हुने छ |बिगतको गलत निर्णय सुधारिने छ |

तुला राशि –

अरुको साथ पाइने छ |आफ्नो इमान्दारिताको कदर हुने छ |धार्मिक कार्यको लागि समय अति उत्तम रहेको छ |गुमेको धन पाइने छ |यात्रामा अनेक बाधा व्यवधान सहनु परेपनि अत्यमा प्रतिफल भने राम्रो आउने छ |तपाइको प्रगतिलाई देखेर खुसी हुनेहरु भेटिने छन् |

बृस्चिक राशि –

सभा सम्मेलनमा पुरस्कृत भइने छ |तपाइको कृतिको उचित मुल्यांकन हुने छ |बिगतको समयलाइ सम्झेर दुख लागेपनि यो समय प्रगतिको रहने छ |पढाइ लेखाइ प्रति रुची हुने छ |स्वास्थ्य लाभ होला |आर्थिक बिषयमा लाभ हुने छ |रमाइला प्रसंगमा रम्न मन लाग्ने छ |

धनु राशि –

सिमित स्वार्थका कारण तपाइको तपाइको बिचारको अनादर हुने छ |शैदान्तिक पक्ष भने सवल रहने छ |प्राकृतिक बिपदाको अन्त्य संगै नया कामको थालनी हुने छ |सन्तान मार्गबाट लाभ हुने छ |कार्य क्षेत्र विवाद रहित बन्ने छ |मित्रता दिगो र दरिलो बन्ने ग्रह योग रहेको छ |

मकर राशि –

आजको दिन धार्मिक अनुष्ठानको लागि सुभ रहेको छ |तिर्थाटनको लागि पनि उचित समय रहेको छ | परिवाराको कल्याणको लागि सोच राखेर काम गने बेला आएको छ |भोलिको लागि अधिक सोच्नु भन्दा अहिले राम्रो गर्ने सोच राख्नु बढी उपयुक्त हुने छ |शिक्षामा लगानी हुने छ |

कुम्भ राशि –

आयस्रोतका अवसर प्राप्त हुने छन् | माया /प्रेम र भातृत्व सम्बन्ध बढ्ने छ |अपरिचितको सहयोग पाइने छ |मनले खाएको व्यक्ति असहयोगी हुने छ |ढिलै भएपनि सोचेका काम पुरा हुने छन् |आफुलाई राम्रो गर्नेहरु टाढिने छन् |गुप्त शत्रुको भय रहने छ |बैचारिक कुरामा अग्रणी भइने छ |

मिन राशि –

बनेको काम अन्त्यमा बिग्रने भय रहेको छ |तपाइको काम र पेशा प्रति अरुको नकारात्मक टिप्पणी आउने छ |सत्कार्यको पथमा अघि बढ्ने प्रण गर्नु पर्ने बेला रहेको छ |आफ्ना अवगुणको पश्चात पनि धेरैको मन जित्न सकिने छ |दिनको अन्त्य अरु सुखद हुने छ |


New-Jyotish-visiting-card-1aaa

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु