फिल्म क्षेत्रमा फटा मान्छे हुुन्छन भन्थे, हो रहेछ : केसी

म्यूजिक खबर
प्रकाशित: ६ असार २०७३, सोमबार

निर्माता गणेश केसीले असार १७ बाट प्रदर्शनमा आउन लागेको चलचित्र सूर्या द पावरको प्रोमो रिलिज एवं पत्रकार भेटघाटका अवसरमा बोल्दै भने – ‘फिल्म क्षेत्रका मान्छे फटाहा हुन्छ भन्थे हो रहेछ ।’ निर्माता गणेश केसीले आफूबिना रहर फिल्म निर्माणमा होमिएको बताए । सहनिर्माताका रुपमा सुुर्यामा जोडिएका केसीलाई फिल्मका अघिल्ला निर्माताले धोका दिएपछि सम्पूर्ण रुपमा फिल्म आफूले निर्माण गरेका हुन् । निर्माता केसीले आफूले अहिलेका दर्शकको सम्बोधन हुने गरी फिल्म निर्माण बताएका छन् । सुुर्यामा दर्शकले एक्सनका साथमा लभ स्टोरी पनि हेर्न सक्ने निर्माताले बताएका छन् ।

0P7A0141
चलचित्र सुुर्याको प्रतिकृयाले आफू निर्माताका रुपमा फेरि आउनेकी नआउने भन्ने निर्धाण गर्ने बताएका छन् । उनल सुुर्याले लगानी उठाएको खण्डमा अर्को राम्रो चलचित्र निर्माण गर्ने बताएका छन् । आफूलाई सिनेकर्मीले फसाएको भन्दै निर्माता केसीले भने ‘चलचित्र क्षेत्रमा फटा मान्छे हुन्छन् भन्थे हो रहेछ ।’ तर, फिल्म लाईनमा आफूले राम्रा मान्छे पनि भेटेको उनको भनाई छ ।
चलचित्रलाई क्रान्ति केसीले निर्देशन गरेका हुन् । निर्देशक केसीले पनि आफू उछिट्टीएर सुुर्याको निर्देशक बनेको बताएका छन् । उछिट्टीएर निर्देशन गर्दै गर्दा पनि राम्रो चलचित्र निर्देशन गर्न पाएको भन्दै खुशी व्यक्त गरे । चलचित्रका गीतकार लोकराज अधिकारीले चलचित्र सुुर्याको सम्पूर्ण सफलताको शुुभकामना व्यक्त गरेका छन् ।

sujata kc
फिल्मकी नायिका सुजता केसीले सुुर्या राम्रो फिल्म बनेको दाबी गरिन् । उनले आफ्नो तर्फबाट आफूले सकेजति आफ्नो भूमिकालाई न्याय गरेको बताईन । नेपाली समाजकी आफू भाग्यमानी छोरी रहेको बताउँदै नायिका केसीले आफूलाई पिताले हात समातेर रंगीन दुनियाँमा ल्याएको उल्लेख गरेकी छिन् । उनले गीत, संगीत र अभिनय सबैको गुरु बाबा गणेश केसी रहेको बताउँदै पितालाई धन्यवाद दिईन । गायिका सुजता केसीले नायिकाका रुपमा पहिलो पटक अभिनय गरेको चलचित्र सुुर्यामा सुजताका साथमा नायक मुकेश ढकालले अभिनय गरेका छन् । नायिका केसीले आफूले आफ्नो तर्फबाट राम्रो अभिनय गरेको बताउँदै सबैलाई फिल्म हेर्न आग्रह गरिन् । चलचित्रमा लोकराज अधिकारी गीत तथा नरहरी प्रमीको संगीत रहेको छ । शंकर महर्जनको द्वन्द्व, केशव अधिकारी, अर्जुन तिवारी, अजय रेग्मीको छायाँकन रहेको फिल्ममा आयुुष बिसीले सहनिर्देशकको काम गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु