फुलैफूलको मौसम तिमीलाई’ लाई मिडीयाको व्यापक साथ

म्यूजिक खबर
प्रकाशित: १२ फाल्गुन २०७२, बुधबार

काठमाण्डौ । फागुन २१ बाट रिलीज हुने भनिएको चलचित्र ‘फुलैफूलको मौसम तिमीलाई’ रङ्ग पत्रकारहरुले विशेष ठाउँ दिएका छन् । चलचित्रबाट उठेको रकम सामाजिक सेवाका लागि उपयोग गर्ने बताएका निर्देशक दिनेश डिसी र ‘फूलैफूलको मौसम तिमीलाई’ले मिडीयाकर्मी मात्र नभै राष्ट्रका विभिन्न क्षेत्रका उच्च ओहोदाका व्यक्तित्वले पनि प्रचारका लागि साथ दिएका छन् । केही दिनअघि मात्रै उनले फुटबलका हयाट्रिक हिरो नवयुग श्रेष्ठको फिल्म हेर्न गरिएको भिडियो अपिल सार्वजनिक गरेका थिए । यस्तै पछिल्लो समयमा राजधानीमा ‘फूलैफूलको मौसम तिमीलाई’को प्रमोसनकै लागि एउटा कार्यक्रमको पनि आयोजना गरिएको छ । जसमा देशभरका १९ रेडियो स्टेसनले ‘फुलैफूलको मौसम तिमीलाई’ को निस्शुल्क प्रचार अभियानमा सामेल हुने घोषणा गरेका छन् ।

कार्यक्रममा रेडियो स्टेसनहरूका तर्फबाट गोपाल झाले भने, ‘फिल्मले सबै नाफा झोलुंगे पुल निर्माणका लागि खर्चिने बताइरहँदा हामीले पनि केही सहयोग गरौं भनेर सुरुआतमा १९ रेडियो स्टेसन फिल्मसँग सहकार्य गरेका हौं ।’आमेश भण्डारी र नीता ढुंगानाको मुख्य भूमिका रहेको फिल्मलाई सुपर नेचुरल पावरमा आधारित प्रेममय मनोरञ्जनात्मक फिल्म भनिएको छ । फिल्मको ट्रेलरमा पनि नीता दोहोरो भूमिकामा रहेको देख्न सकिन्छ ।

fulai fulko mausam timilai copy

६५ लाख रुपैयाँ बजेटमा बनाइएको भनिएको ‘फुलैफूलको मौसम तिमीलाई’ को व्यापार नाफाको सबै रकम धादिङको मजुवामा तुईनको विकल्पमा झोलुंगे पुल निर्माणार्थ प्रदान गरिने बताइएको छ । ‘यदि फिल्मले नाफा नै गरेन भने पनि ७ लाख ५० हजार रुपैयाँ सुरुआती रकमका लागि प्रदान गर्नेछौं,’ निर्देशक डिसीले बताए । फिल्ममा मुख्य लगानी अमिर अलीको छ भने लगानिको केहि हिस्सा निर्देशक डिसीको पनि छ। फिल्मको नाम रत्नशमशेर थापाको लोकप्रिय गीतको स्थायी अंश बाट जुराइएको हो । कार्यक्रममा रत्नशमशेरलाई टोकन मनीसहित दिनेशले सम्मान पनि गरे । सम्मानित रत्नशमशेरले तारादेवीले गाएको उक्त गीतको टयुन सुनेको आधा घन्टामा गीत रचना गरेको उल्लेख गरे । टयुन भने शुभबहादुर सुनामले तयार पारेका थिए । ‘त्यही गीतले नै शुभबहादुरलाई उचाइमा पुर्यायो,’ रत्नशमशेरले थपे ।

ratna samsher thapa_nita

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु